मोनोरेल संचालनको संभाब्यता अध्ययन गर्न विराटनगर महानगरले दियो अनुमती

मोनोरेल  संचालनको संभाब्यता अध्ययन गर्न विराटनगर महानगरले दियो अनुमती

विराटनगर, २ जेष्ठ ।
विराटनगर देखि सुनसरीको तरहरासम्म संचालन गर्ने मोनोरेलको सम्भाब्यता अध्ययनका लागि विराटनगर महानगरपालिकाले अनुमती दिएको छ । बिराटमोनोरेल ईन्टनेशनल प्रा.लि.ले मोनोरेल संचालनका लागि सम्भाब्यता अध्ययनको काम शुरु गर्न महानगरसँग अनुमती मागेको थियो । महानगरपालिकाले मंगलवार विराटनगर क्षेत्रभित्र सम्भाब्यता अध्ययनका लागि अनुमती दिएको हो ।
कम्पनीले विराटनगरको जोगवनी देखि ईटहरी हुँदै तरहरासम्म ३५ किलोमिटर दुरीसम्म बिद्युतीय मोनोरेल संचालनका लागि सम्भाब्यता अध्ययनका लाग सम्बद्ध स्थानीय तहसँग अनुमती मागेको थियो । विराटनगर देखि तरहरासम्म ४ वटै स्थानीय सरकारले कम्पनीलाई अनुमती दिएका छन् । सो क्षेत्रमा पर्ने मोरङको बुढीगंगा गाउँपालिका र सुनसरीको दुहबी नगरपालिकाले यस अघि नै सम्भाब्यता अध्ययनका लागि अनुमती दिएका थिए ।
कम्पनीका अध्यक्ष परमानन्द मेहताले सुनसरीको ईटहरी उपमहानगरपालिकाबाट समेत अध्ययनको अनुमती प्राप्त गरेको जानकारी दिए । अध्यक्ष मेहताका अनुसार कम्पनीले मोनोरेल संचालनको अध्ययनका लागि रेल विभाग र लगानी बोर्डसँग पनि समन्वय गरेको छ । विभाग र बोर्डले बिस्तृत प्रस्ताव माग गरेको उनले बताए । सोही अनुसार प्रस्ताव तयारीको काम तिब्र गतिमा भईरहेको मेहताले जानकारी दिए ।
कम्पनीले स्थानीय तहसँगको समन्वयपछि प्रारम्भीक अध्ययनका लागि विदेशी कम्पनीसँग सहकार्य गर्नेछ । अध्यक्ष मेहताका अनुसार जापान मलेसिया र दक्षिण कोरियाली कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि छलफल भईरहेको छ । नेपालमा पहिलो पटक मोनोरोल संचालनको परियोजना शुरु गर्न लागिएको बताउँदै उनले एक महिना भित्र डिपिआर तयारका लागि काम शुरु गरिने बताए ।
मोनोरेल संचालनका लागि विराटनगर देखि तरहरासम्मको ब्यापारिक मार्ग माथिबाट रेल संचालनका लागि सम्भाब्यता अध्ययन गरिनेछ । ब्यापारिक मार्ग ६ लेनको बनाईँदै छ । कम्पनीले सोही मार्गको माथिबाट रेलको लिक बिछ्याउने गरी सम्भाब्यता अध्ययन गर्न निर्देशक रञ्जित कुमार झाले जानकारी दिए ।
संम्भाब्यता अध्ययन गरिएको क्षेत्रमा प्रति घण्टा करिब २ सय किलोमिटरको गतिमा रेल कुदाउने योजना रहेको कम्पनीले जनाएको छ । यो गतिको रेल संचालनमा आए बिराटनगर देखि तरहरासम्म पुग्न १० देखि १५ मिनेट मात्र लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्