प्रदेश अर्थमन्त्री भन्छन्–‘के को जगमा बजेट कार्यान्वयन गर्ने’

प्रदेश अर्थमन्त्री भन्छन्–‘के को जगमा बजेट कार्यान्वयन गर्ने’

विराटनगर, २ जेष्ठ ।
चालु आर्थिक बर्षको बजेट कार्यान्वयन र आगामी बर्षको लागि बजेट निर्माणको संघारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले एथास्थीतीमा बजेटको कार्यान्वयन चुनौतीपुर्ण भएको बताएका छन् । बजेट कार्यान्वयनका लागि संयन्त्र नहुनु, दक्ष र सक्षम कर्मचारीको अभाव हुनु, सरकारले अधिकार प्रतियोजनमा आनाकानी गर्नु प्रदेश सरकारका लागि बजेट कार्यान्वयन मुख्य चुनौती भएको बताएका छन् ।
‘केन्द्रसँग चाँडो अधिकार हस्तान्तरण गर्न भनेपनि भईरहेको छैन, प्रदेश १ का अर्थमन्त्री आङ्बोले भने, संबिधानमा लेखिएका अधिकार कार्यान्वयनमै यस्तो अबस्था छ, भने ‘के को जगमा टेकेर बजेट कार्यान्वयन गर्ने ?’ मन्त्री आङ्बोले केन्द्र सरकारले करका क्षेत्रहरु तत्कालै हस्तान्तरण गर्नुपर्नेमा त्यस नगरेको आरोप लगाए । केन्द्र सरकारको केन्द्रीकृत मानशिकताका कारण संघीयताले लय समात्न नपाएको उनको भनाई छ ।
मन्त्री र दलको नाम नलिएपनि केन्द्र सरकारको सत्ता साझेदार दल एमाले प्रति लक्षित गर्दै उनले भने यो संघियता कमजोर बनाउने खेल हो । संबिधानमा उल्लेखित प्रदेश सरकारका अधिकारका सुची अनुसार अधिकार हस्तान्तरण नहुने भए बजेट कार्यान्वयनमा देखिने सबै समस्याको जिम्मेवारी केन्द्रीय सरकारले नै लिनु पर्ने उनले जिकिर गरे । वित आयोगको सिफारिस तथा २०७४ चैत २८ को मन्त्री परिषदको निर्णय कार्यान्वयनमा सरकारले नै आनाकानी गर्नु उचित नभएको उनले बताए । उद्घोष दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्