महिनावारीबारे भ्रम र यथार्थ यस्तो छ !! जानिराखौ

महिनावारीबारे भ्रम र यथार्थ यस्तो छ !! जानिराखौ

एजेन्सी  । महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो महिलाकाे शरीरमा भएका रागरसहरू harmones को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।

महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ ।

तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।

२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।

तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।

३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।

तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।

४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन ।
तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।

५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन

तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।

६. महिनावारीको समयमा आराम गर्नुपर्छ

तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।

७. पिएमएसबाट गुज्रन्छन्

तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।

८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ

तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।

९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन

तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।

१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन

तथ्य – कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्