नेपालका सन्दिप लामिछाने ‘वर्ल्ड ११’ टिममा परे

नेपालका सन्दिप लामिछाने ‘वर्ल्ड ११’ टिममा परे

बिराटनगर जेठ २ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । उनि हाल भारतमा दिल्ली दियरदेवेल्सको टिममा आबद्ध भएर आइपिएल खेलिरहेका छन् । बेलायतका इयान मोर्गनको कप्तानीमा रहेको ‘वर्ल्ड ११’ को टिममा सन्दिप छानिएका हुन् । टिममा साहिद अफ्रिदी , हार्दिक पन्दिया , दिनेस कार्तिक , सोयाब मालिक , तामिम इकबाल लगायतका विश्व क्रिकेटमा नाम राखेका खेलाडीको टिममा सन्दिप खेल्ने छन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

यता , वेष्ट इण्डिजबाट क्रिस गेल.आन्द्रे रस लगायतका खेलाडी बिरुद्ध सन्दिप खेल्ने आइसिसिले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ ।

यो खेल ३१ मेमा लड्र्समा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्