१२ वर्षमा विवाह भएर १३ बर्षमा आमा बनेकी ममता अस्पतालको शैयामा

१२ वर्षमा विवाह भएर १३ बर्षमा आमा बनेकी ममता अस्पतालको शैयामा

प्रेम /सुनीता
आवर विराटनगर डट नेट,
विराटनगर, २ जेष्ठ । हाम्रो मुलुकमा कानूनत: बालबिबाह बर्जित छ । २० बर्ष भन्दा म उमेमा विवाह गर्नु भनेको कानुन उल्लंघन हुने र जेलसम्म जानसक्ने ब्यवस्था कानुनमा छ । तर पनि हाम्रो समाजमा यस्ता समुदाय पनि छन् जहाँ कलिलै उमेरमा आफ्ना छोरीको विवाह गर्ने परम्परा कामयमै छ । तर ईच्छा र चाहना विपरित कार्यलाई अबैध मानिन्छ ।
अझ पीडा त त्यतिबेला हुन्छ, जब कलिलै उमेरमा आमा बन्छिन् । त्यो पीडासँगै श्रीमान र परिवारले मायाँ गरिदिए त हुन्थ्यो तर त्यसो पनि नहुँदा कस्तो होला ती बालिका आमाको मन । अझ छोरा नपाएको भन्दै तिरस्कारमा परेर घरबाट निकाला हुँदाको पिडा सायदैले कल्पना गर्लान् । हुन त यो एउटा टेलिभिजनको पर्दामा आउने नाटक जस्तो लाग्न पनि सक्दा तर त्यस्तै भएको सुनसरीको ईनरुवाकी १३ बर्षीया ममता मरिकलाई ।
एक बर्ष अघि १२ बर्षको उमेरमा सिरहा गोलबजारका  प्रकाश मरिकसँग उनको बालविवाह भयो । आफ्नो चाहाना विपरित बालविवाह गर्न बाध्य भएकी ममताको अबस्था अहिले कहाली लाग्दो अबस्थामा छ । उनको विवाह भएको एक बर्ष नपुग्दै बच्चा भएको छ । जव बच्चा भयो त्यपछि उनको दिन पीडादायी बनेको हो ।
कलिलै उमेरमा आमा बनेकी ममता र उनकी छोरीको अवस्था अहिले अस्पतालको शैयामा छ । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएर खान–लाउन नदिँदै घरबाट निकाले । माईतीघरमा पनि आर्थिक अवस्था निकै दयनीय भएका कारण अहिले के.वाई.सी( पुर्नजीवन केन्द्रका) स्वयमसेवक सृजक दाहालको पलहमा उनको नोवेल अस्पातलमा उपचार भईरहेको छ ।
छोरी पाएको निहुँमा घरबाट लखेटिएकी ममता नाबालक शिशुको यसअघि सुनसरी इनरुवा अस्पतालमा उपचार भईरहेको थियो तर त्यहाँ उपचारमा हुन नसकेपछि थप उपचारको लागी नोबेल अस्पतालमा ल्याएको स्वंयमसेवक दाहालले आवर विराटनगरलाई जानकारी दिए । उनले भने ‘यदि ममताको अवस्थमा कोही सहयोग गर्ने मन भएकाहरुलाई अस्पताललमा आएर सहयोगर्न सक्नुहुनेछ ।’
दाहालका अनुसार, ममता र शिशुको स्वास्थ्य अवस्था जटिल बन्दैं जान थालेपछि काठमाडौँ पनि लैजाने प्रयास भएको थियो । तर एयरलाइन्सले लैजान नमानेपछि उनलाई पूनः इनरुवा लगेर अस्पताल भर्ना गरिएको थियो । ईनरुवा अस्पतालमा डाक्टरले बच्चा र आमालाई थप उपचारकालागि अन्य अस्पताललमा लैजानुभने पछि नोबेल ल्याएका हौँ ।
ममताको परिवारिक अवस्था पनि नाजुक छ । उपचार गराउन आर्थिक अबस्था कमजोर भएका कारण एक–दुई जना साथी भाई र सस्थाको पहलमा उपचारको खर्च जुटाई रहेका उनले बताए ।
कम उमेरमा बच्चा जन्मिएको र जन्मन साथ स्यारसुसार नपुगेका कारण शिशुमा कुपोषण देखिएको छ । भने रगतको अभाव र मुटुमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।१३ बर्षीया ममता बच्चालाई काखमा लिएर स्तनपान समेत गराउन सक्दिनन् । ममताको कलिलो उमेर भएका कारण स्तनपान हुन नसकेको हो । ममतालाई आफ्नै स्याहार कसरी गर्ने भन्ने ज्ञान छैन ।
ईनरुवाबाट उनकी आमा अहिले छोरी र नातिनीको स्याहार गर्दैछिन् । परिवारीक अवस्था कमजोर भएको कारण बाबु–आमासँग केही गर्ने सामर्थ्य छैन् । तर पनि उनीहरु छोरी र नातिनी बचाउने भन्दै लागि परेका छन् । तर उनीहरुको एउटै आग्रह छ छोरीलाई बचाउन सहयोग गरिदिनु पर्यो । छोरी पाएको निहुँमा घरनिकाला भएकी ममतालाई भेट्न उनको श्रीमान त आएका छैनन् नै एक पटक कहाँ छ भनेर समेत सोधेका छैनन । कलिकै उमेरमा बच्चा जन्माउन बाध्य पार्ने उनको श्रीमान सहित उनको श्रीमानका परिवारलाई कार्वाहीको माग समेत उठ्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्