नेपाली नक्कली नोट सहित फिल्म निर्माता पक्राउ

नेपाली नक्कली   नोट सहित फिल्म निर्माता पक्राउ

काठमाडौं २ जेठ । प्रहरीले दुई करोड ६० लाख ६३ हजार बराबरका नक्कली नेपाली रुपैया सहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नक्कली नोट काठमाडौंमै छापिने गरेको पनि प्रहरीले बताएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंले बिहीवार दुई करोड ६० लाख नक्कली नेपाली नोट सहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । प्रहरीले फिल्म निर्माता माधवराज वाग्ले तथा छापाखानाका सञ्चालक प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको हो ।

नक्कली ना्ेट बनाउ संलग्न रहेका महेन्द्र बोगटी तथा सुुजित तामाङ र साजन तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । वाग्ले लुट फिल्मका निर्माता भएको प्रहरीले बताएको छ । सुवेदी र नापित प्रेसका सञ्चालक हुन । उनीहरुको प्रेसमा नक्कली नोट छापिएको थियो ।

पक्राउ परेकाहरुले सिनेमाको लागि नक्कली नोट बनाएको दावी गरेका छन् । महानगरिय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले नक्कली नोटको सम्बन्धमा छानविन भइरहेको जानकारी दिए ।

यसरी खुल्यो पोल

पक्राउ परेका बोगटीले काठमाडौं महानगरपालिका २६ मित्रनगरमा रहेको एक क्याफेमा खाजा खाएर दिएको नोट नक्कली भएको थाहा भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनीसंगबाट प्रहरीले १ लाख २० हजार नक्कली नोट बरामद गरेको थियो ।

अनुसन्धान गर्द जाँदा प्रहरीले काठमाडौं चार ढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालीका सञ्चालक वाग्लेको कोठाबाट एक हजार दरका दुई करोड ५२ लाख बराबरका नक्कली नोट वरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्