महानगरको खर्चमा विराटनगरका मेयर सहित जेष्ठ नागरिक तिर्थयात्रामा

महानगरको खर्चमा विराटनगरका मेयर सहित  जेष्ठ नागरिक  तिर्थयात्रामा

विराटनगर, ३ जेष्ठ 
विराटनगर महानगरपालिकाको लगानीमा विराटनगर महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई मेयरको अगुवाईमा तिर्थयात्रामा लगिएको छ । परोपकार अभियान समूह विराटनगर ३ को आयोजनामा ५० जना ज्येष्ठ महिला र ३७ जना ज्येष्ठ पुरुषहरुलाई तिर्थयात्रामा लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
तिर्थयात्रामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, पुर्ब कांग्रेस नेता बाबुराजा ओझा लगायतको सहभागिता छ । ज्येष्ठ नागरिकहरुलाई जनकपुरधाम, देवघाट, शाश्वतधाम, गजेन्द्रमोक्ष र बाल्मिकी आश्रम घुमाएर ल्याउने आयोजकले जनाएको छ । तिर्थयात्रामा निस्किएका ८२ बर्षीय धर्मध्वज थापाले समूहमा तीर्थयात्रा गर्न पाएकोमा खुशी व्यक्त गर्दे विराटनगर महानगरपालिकालाई धन्यवाद दिए । मेयरले नै अगुवाई गरेर लगिएका जेष्ठ नागरिकहरु परोपकार अभियान समूहमा आवद्ध रहेका मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्