सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियमको तस्करी, २ जना पक्राउ

सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियमको तस्करी, २ जना पक्राउ

विराटनगर, ३ जेष्ठ । सुनसरीको सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पद्धार्थको तस्करी हुने गरेको छ । नेपालको तुलनामा भारतमा पेट्रोलियम पद्धार्थको मुल्य बढी भएपछि सुनसरीको ग्रामिण नाका हुँदै पेट्रोलियम पद्धार्थको तस्करी हुने गरेको पाईएको हो । बुधवारमात्र भारत तर्फ पेट्रोलियम पद्धार्थ लिएर जाँदै गरेको अबस्थामा सुनसरी प्रहरीले एक भारतीय नागरिक सहित २ जनालाई पक्राउ गरेपछि पेट्रोलियम पद्धार्थको तस्करी बढ्दै गएको रहस्य खुलेको हो । अस्थायी प्रहरी चौकी रामगंज सिनवारीका प्रहरी सहायकग निरीक्षक सुशील कुमार यादव नेतृत्वको टोलीले देवानगंज गाउँपालिका ६ बाट ४० लिटर पेट्रोलियम सहित उनीहरुलाई पक्राउ गरेको हो । बिआर३९एच १८६६ नम्बरको हिरोहोण्डा मोटरसाईकल सहित भारतको बिहार राज्य अन्तरगत छातापुरका २० बर्षिय सुनिल कुमार यादव र देवानगंजका १७ बर्षिय राकेश यादव पक्राउ परेका हुन् । ग्यालेनमा पेट्रोलियम पद्धार्थ लिएर भारतीय सीमावर्ती बजार फुलकाहा तर्फ लैजाँदै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको सहायक निरीक्षक यादवले बताए । उनीहरुलाई मोटरसाईकल सहित सुनसरीको कोशी ब्यारेज स्थीत भन्सार कार्यालयमा बुझाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्