जग्गा विवादले मोरङको कटहरी रेल्वे स्टेशनको काम रोकियो

जग्गा विवादले मोरङको कटहरी रेल्वे स्टेशनको काम रोकियो

विराटनगर । नेपाल र भारत जोडने रेलमार्ग निर्माण कार्यमा मोरङको कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको छ ।

भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मुआब्जा उपलब्ध नगराएसम्म स्टेशन निर्माण गर्न नदिने जनाएपछि कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको हो । जग्गा धनीहरुले सरकारले निर्धारण गरेको जग्गाको मूल्यांकनका आधारमा मुआब्जा नलिने र चलनचल्तिका आधारमा मुआब्जा पाउनुपर्ने जग्गाधनीको मागलाई जिल्ला अदालतले सदर गरिदिएको थियो ।
मुआब्जा विवाद समाधानको प्रयास भइरहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार  जिल्ला अदालत मोरङमा जग्गाधनीले दिएको मुद्दाको पक्षमा फैसला गरेको छ ।  त्यही मुद्दाको पुनरावलोकनका लागि सरकारले फेरि उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
उनले जग्गाधनीसँग छलफल गरेर चाँडै समाधान निकाल्ने प्रयास समेत भईरहेको जानकारी दिए ।

३ सय ७३ करोड भारतीय रुपैयाको लागतमा निर्माण हुने रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर हो ।  सन् २०१९ मार्च महिनासम्ममा मोरङको कटहरीसम्म रेल पुग्ने बताईएको छ । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्