विराटनगरमा अन्तर विद्यालय वाई–वाई नाटक उत्सव भोली देखि

विराटनगरमा अन्तर विद्यालय वाई–वाई नाटक उत्सव भोली देखि

सुनिता अर्याल,
विराटनगर ३ जेठ । बिद्यार्थीलाई अभिनयमा पोख्त बनाउन तथा कला सम्बन्धि ज्ञान प्रवाह गर्ने उद्देश्यले विराटनगरमा १० दिने नाट्य उत्सवको तयारी तिब्र पारिएको छ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नाटक उत्सव हुने बारे जानकारी गराएको हो । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिन जेठ ४ गते (शुक्रवार) बाट सुरु गरिने सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए ।
विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा हुन लागेको नाटक १० दिनसम्म चल्नेछ । नाटक उत्सवमा मोरङ जिल्लाका १ सय ७ विद्यालयका कक्षा ६ देखी ९ सम्मका ३ सय ७० जना विद्यार्थी सहभागी हुनेछन् । उनीहरुलाई यस अघि नै बिभिन्न समुह बनाएर प्रशिक्षण दिईएको थियो । सापकोटाका अनुसार, प्रत्येक विद्यालयबाट दुुई–दुुई जना विद्यार्थीको सहभागिता रहेको छ । विद्यार्थीहरुले अभियान अन्र्तगत एउटै मन्चबाट ९० वटा नाटक मञ्चन गर्ने छन् ।
कलाकारहरुलाई सविन कट्टेल, उद्धव सापकोटा, अनिल कुर्मी, सुगम सापकोटाले प्रशिक्षण दिएका थिए । यस अघि सुमेरु कला सरोवरले सुनसरीमा यस्तो नाटक मञ्चन गरिसकेको छ । सहभागीहरु मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने आयोजक सुमेरुकला सरोबरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्