प्राकृतिक सम्पदामा माफियाको दादागिरी, मोरङका खोलामा सबैको आँखा

प्राकृतिक सम्पदामा माफियाको दादागिरी, मोरङका खोलामा सबैको आँखा

विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य बस्तु उठाउँदै लग्दै गरेको उराठलाग्दो दृश्य । यो अबस्था केरावारी गाउँपालिका सँगै जोडिएको खदम खोलाको हो ।
विहान करिब १० वजेको अबस्था हेर्दा लाग्थ्यो यहाँको खोला सबै एकलौटी भु–माफियाको हातमा छ । हुन पनि त्यस्तै नै थियो । यही खोलामा अहिले दोहन बढेको छ । यहाँ मात्र हैन मोरङका एक दर्जन बढी खोलाहरुको अबस्था यस्तै नै छ । रिपोर्टिङको लागि खोलामा पुगेका हामी त्यहाँको अबस्थाको बारे.मा जानकारी लिँदै थियौँ । यसरी क्रसर संचालन गर्दै गरेको ठाउँ निक्कै नै संबेदनशिल मानिन्छ । यहाँ समाचार संकलनका लागि जोकोही पुग्नै सक्दैनन् । यहाँका क्रसर ब्यवसायीलाई स्थानीय प्रशासनले संरक्षण दिँदै आएको छ । हामी समाचार संकलनको क्रममा त्यहाँ नजिकै पुग्न डर मान्दै टाढैबाट फोटो तथा भिडियोहरु खिच्दै गर्दा केही गुण्डाहरु परिचालित भएको देखिए ।
गुण्डा पिछा गर्छन्
हामीले फोटो खिच्दै गरेको अबस्थामा एकजना युवा मोटरसाईकल लिएर हुँईहिँदै हामी भएको नजिकै आईपुगे । अनी वरिपरी एक फन्को लगाएर उनी फर्किए लगत्तै खोलाको बिचमा भएका २–३ वटा मोटरसाईकल उसैगरी फिल्मी शैलीमा निकालेर हामी भएको ठाउँतिर आउँदै गर्दा २ जना तल्तीर लागे अर्का एकजना हामीले फोटो खिचेको भन्दा माथि तिर आउँदै थिए । हामी पनि मोटर साईकल लिएर माथि केरावारी तिर लाग्यौ । बाटोमा हामीले खोला गाहि¥याएको फोटोे खिच्नै लाग्दा ति युवा हामी भन्दा अघि आएर मोटर साईकल रोकेर हामीलाई नियाली रहेका थिए । फोटो खिचेर हामी अघि बढ्दै गर्दा उनले हामी भन्दा अघि मोटरसाईकल हुईँक्याउँदै अघि बढे । अनी हामी भन्दा अघि पछि गर्दै उनले हामीलाई पछ्याउँदै थिए । उनी सँगै अन्य केही युवाहरु पनि उस्तै शैलीमा देखिन्थे । उनीहरुले हामीलाई केरावारी चोकसम्म पिछा गर्दै आएका थिए । हामी केरावारीमा करिब १ घण्टा बसेपछि उनीहरु हराए । अनी हामी त्यहाँको बास्तविकता लिन गाउँपालिका कार्यालयमा पुग्यौँ ।
केरावारीका  क्रसरलाई अध्यक्षको साथ
मोरङको केरावारी गाउँपालिकामा रहेको खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन ओटा क्रसर उद्योगले मापदण्ड मिचेका छन् । यसरी मापदण्डमिच्नेमा यी क्रसर मात्र रहेनन् । जिल्ला भित्र रहेको २२ वढी क्रसर मध्ये ८ वटा बाहेक सबै छन् । यी क्रसर अधिकांश मापदण्ड बिपरित रहेको संसदहरुले निकालेको बिज्ञप्तीले पनि स्पष्ट पार्छ । सांसदहरु सुयर्माराज राई, कुलप्रसाद साम्बा र उपेन्द्र घिमिरेले विज्ञप्ती नै जारी गरी नियम मिच्ने क्रसर उद्योगलाई कार्वाही गर्नु पर्ने माग गरिरहेका छन् ।
सरकारले प्राकृतिक स्रोत उत्खनन् तथा अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले त्यसको संरक्षण तथा अनुगमन गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्षको नै क्रसर रहेको पाईएको छ । केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीकै अध्यक्षतामा बसेको बैठकले निर्माणको काममा भन्दै खोला दोहन गर्न दिने निर्णय गरेको थियो । अध्यक्ष कार्कीले भने ‘हामीले निर्माणको कामलाई अप्ठेरो पार्नु हुँदैन भन्ने लागेर ७ दिनको लागि क्रसर खुलाएको हो ।’
तर अनुमती दिईएको भएपनि त्यसको नियमन गर्ने काम भने गाउँपालिकाबाट भएको देखिएन । यसमा गाउँपालिकाका अध्यक्ष कार्कीको समेत सोही खोलामा क्रसर संचालनमा रहेको छ । ३ वटा क्रसर मध्य उनको एउटा रहेको उनैले स्वीकार गरे ।
जनप्रतिनिधि आफ्नै ढुंगागिटी उत्खनन् गर्ने क्रसर उद्योग सञ्चालक भएका कारण खोलाको दोहन हुने गरी भएको उत्खननमा अहिले कसैलाई डर छैन । यस्तो उत्खनन्मा भएको निर्णयको बिषयमा भने गाउँपालिाका उपाध्यक्षलाई चित बुझेको छैन । गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बुले आबस्यकता भएपनि अहिले भईरहेको गतिबिधि जसरी गर्नु पथ्र्यो त्यो अनुसार नभएको र अनियमितता भएको बताईन । बैठकमा निर्णय गरेको बिषयमा सोधिएको प्रश्नमा उनले विकास निर्माणको नाममा गरिएको निर्णयलाई गलत प्रयोग गरिएको उनले आरोप लगाईन् । निर्णय पछि खदम खोलामा मौकामा चौका हान्ने काम भएको सुनाईन् ।
यस्तो हुनुको कारण भनेको केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की पुराना क्रसर व्यवसायी हुन् । अहिले पनि उनको क्रसरमा लगानी छ । त्यस्तै वडा नम्वर ३ का अध्यक्ष भक्त श्रेष्ठ, ८ का मनोज खड्का र १० का जंग खवासले खदम खोलामा क्रसर उद्योग संचालित छ ।
यसरी उत्खननमा एकखालको गाडी सिफारिस भएकोमा अर्को खालको सधन प्रयोग भएको पाईएको छ । अनुमती एउटाको दिईनु र अर्कै ह्याभी ईक्युपमेन्टको प्रयोग भईरहेको अबस्थामा पनि सबै जनप्रतिनिधिले सहयोग नगर्दा हेरेर बस्नुपर्ने बाध्यता भएको उपाध्यक्ष लिम्बुले बताईन् ।
तस्करसँग प्रशासनको साँठगाँठ
यसरी प्राकृतिक श्रोत साधनको दोहन हुँदा पनि स्थानीय प्रशासन रमिते बनेको छ । यस बारेमा जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समितिलाई दोष लगाउँदै आएको छ भने जिल्लासमन्वय समितिले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई आरोप लगाउँदै आएको छ । तर अहिले भईरहेको उत्खनन्को ठेक्का जिल्लासमन्वय समितिले लगाएको हो । यसरी लगाएको ठेक्काको अनुगमन नियन्त्रण र कार्वाही पनि यही कार्यालय माताहत र जिल्ला प्रशासनले गर्नु पर्नेमा त्यस्तो नगर्दा समस्या आएको हो । जिल्ला समन्वय समितिका समन्वय अधिकारी शोभाखर रेग्मीले आफु त्यो जिम्मेवारीबाट पन्छिन खोजेको देखियो । ठेक्का लगाएको ठाउँमा नै उत्खनन् भईरहेको उनले प्रतिक्रिया दिए । तर केही अबैध गतिबिधि भएको नपाईएको भएपनि उनले अनुगमनको क्रममा त्यस्तो नदेखिएको सुनाए । अझ उनले समय समयमा आउने विवाद गाउँका ब्यक्तिहरुमा कुरा नमिल्दाको परिणाम भएको बताए।
समिति गठन
अवैध रुपमा सञ्चालन रहेका क्रसर उद्योगले प्राकृतिक स्रोत साधानको दोहन गरेको भन्दै गुनासा आएपछि जिल्ला प्रशासन कार्यालयले एउटा छुट्टै समिति बनाएको छ। विषयगत कार्यालयका प्रतिनिधिसहितको क्रसर उद्योगले प्राकृतिक स्रोतसाधानको उत्खन्न्का बारेमा अनुगमन तथा अध्ययन अनुसन्धान गर्न प्राबिधिक संलग्न एक समिति गठन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा विषयगत कार्यालयहरुका प्रतिनिधिहरु अनुगमन तथा अध्ययान अनुसन्धान समिति बनाईएको हो ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले मापदण्ड विपरीत चलेका क्रसर उद्योग, त्यसैगरी मापदण्ड विपरीत ढुंगा गिट्टी उत्खनन् लगायतका विषयको प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन, अनुसन्धानले गर्ने अधिकार दिइएको जानकारी दिए । (सुमन सुस्केराको स्थलगत रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्