नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइयो

<span class='c1'>नाइजेरियामा बोको हरामद्वारा अपहरित</span> <span class='c2'>५३ जनालाई अपहरणमुक्त गराइयो</span>

नाइजेरिया, जेठ ४ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ ।

उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो ।

बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो । नाइजेरिया सरकारले मे महिनामामात्रै बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ ।

यसैबीच, नाइजेरियाली सेनाले गरेको सुरक्षा कारबाहीमा बोको हरामका १५ लडाकु मारिएका छन् । नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरु मारिएका हुन् ।

सन् २००९ मा थालिएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिलेसम्म २० हजार मानिस मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्