काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा झडप

<span class='c1'>काश्मिरस्थित भारत र पाकिस्तानको</span> <span class='c2'>सीमा क्षेत्रमा झडप</span>

नयाँ दिल्ली । काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ ।

सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

काश्मिरको अन्तर्राष्ट्रिय सीमा क्षेत्र आइबीमा भारत र पाकिस्तानको सीमा सुरक्षा गार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले ज्यान गुमाएका सो समाचारमा जनाइएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति ०१ बजेतिर पाकिस्तानी सेनाले गोली प्रहार गरेको र यसमा एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्