विराटनगरका महँगा होटलमा सुनकाण्ड अभियुक्तका आफन्त, एसी जडित होटल खोज्दै बस्दै

विराटनगरका महँगा होटलमा सुनकाण्ड अभियुक्तका आफन्त, एसी जडित होटल खोज्दै बस्दै

विराटनगर, ४ जेष्ठ ।
विराटनगरका होटलमा पछिल्ला दिनमा अलिक पढी चहल पहल देखिन्छ । त्यो पनि ठुला अनी नाम चलेका होटलमा । यसरी चहल पहल हुन थालेको झण्डै एक महिना भईसकेको छ । एक त बिराटनगर राजधानी भएसँगै बढेको चहल पपछिल्ला दिनमा सुन काण्ड तथा सनम शाक्य हत्यासँग जोडिएका ब्यक्तिका आफन्तहरुको आउजाउले विराटनगरका होटलमा चहल पहल बढेको हो ।
विराटनगरका ठुला होटलहरुमा यसरी आउनेमा पछिल्ला दिनमा अधिकांश विभिन्न मुद्दामा आरोप खेपी रहेका सुन काण्डसँग सम्बन्धित अभियुक्तका अफन्त तथा त्यही मुद्दाको बारेमा बुझ्न आउनेहरु छन् । भक्तपुरबाट आएका मणिराज बस्नेत यसरी होटलमा बस्न थालेको झण्डै एक महिना बितेको छ । उनी चैतको ३१ गते बिराटनगर आएर ईस्टर्न स्टार होटलमा बसेका थिए । उनका भान्जा राजन थापालाई सुन तस्करी गरी संगठित अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेपछि उनीहरुको बासै होटलमा छ । एक महिनाको अबधिमा उनीहरु ३ वटा होटल चहारी सकेका छन् ।
उनीहरु चैत ३१ गते बिराटनगरको स्टर्न स्टारमा आएर बसेका थिए । तर संयोग उनीहरुलाई एक रात बसेपछि बिहेको लागि होटल बुक भएको भन्दै अन्तै सर्न भनियो । अनी त्यसपछि उनीहरु बिराटनगर कै महँगो होटलको रुपमा चिनिएको रत्ना होटलमा आएर बसेको बस्नेतले सुनाए । उनका अनुसार, रत्ना होटलमा उनले खाना खाएको मात्र छाकको एक हजार रुपैयाँ तिर्नु पर्यो । उनीहरु त्यो होटलमा २ दिनसम्म बसेका थिए । उनीसँगै दिलिप केसी, राजकुमार थापा पनि सँगै थिए । पछिल्लो समय उनीहरु होटल एभरेष्ट ईनमा बसेको बताईन्छ । उनीहरु पनि उसैगरी होटल सर्दै बस्दै गरेका थिए । उनीहरुको समस्या पनि उस्तै नै देखियो । उनीहरु पनि सुकाण्डको बारेमा आफन्त पक्राउ परेपछि भेट्नैको लागि आएका हुन् ।
बिराटनगरमा नाम चलेका होटल खोज्दै हिँडेका सुनकाण्डका अभियूक्तका आफन्तहरु कुनै समय अप्ठेरोमा परे भने कुनै बेला बिभिन्न बहानामा होटल सर्दै बस्दै आएको श्रोत बताउँछ । अहिले ति ब्यक्तिहरु बिराटनगर कै बिभिन्न होटलमा बस्दै आएका छन् । उनीहरु आफन्त पक्राउ परे देखि नै आउजाउ गर्दै आएका छन् । चैतको पहिलो साता देखि नै बिभिन्न समयमा बिराटनगरबाट काठमाण्डौ आउजाउ गरि नै रहेका छन् । आफन्त अप्ठेरोमा परेको भन्दै शुरुका दिनमा हप्तामा एक पटक आएका उनीहरु मध्यका बस्नेत विराटनगर आएको चौथो पटक भएको र लगातार ८ दिनदेखि होटर एभरेष्टमा रहँदै आएको सुनाउँछन् ।
यसरी आएर होटलमा बसेका सुनजकाण्डसँग जोडिएका अभियुक्तका अफन्त मध्य अधिकांश होटल त्यो पनि एसी जडित कोठा खोजेर बस्ने गरेको बताईन्छ । लगातार होटलमा बस्नु अनी आवत जावतमा हुने खर्चले कतिपय होटल ब्यवसायी नै छक्क परेको बताउँछन् । उनीहरुले गर्ने खर्च भनेको सामान्य मानिसले गर्ने खर्च भन्दा फरक रहेको उनीहरु सुनाउँछन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले उर्लावारीमा सनम शाक्यको हत्या भएपछि पक्राउ गरेका ३ जनाबाट पोल खुलेपछि अन्य ब्यक्तिलाई पनि अनुसन्धानको लागि मोरङ ल्याईएको थियो । यो क्रम अदालतमा मुद्दा दर्ता हुँदासम्म २८ जना रहेकोमा पछिल्ला दिनमा थप २ जना पक्राउ परेपछि यो संख्या ३० पुगेको छ । अहिले पनि अदालतमा बहस जारी नै रहेको छ ।
प्रतिवादीको तर्फबाट बहस जारी रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । तर आईतवार प्रतिवादीबाट बहस सकिएपछि त्यही दिन सरकारी पक्षबाट प्रतिवादीका वकिलले गरेको तर्कको खण्डन गर्ने र लगाईएको अभियोगमा प्रमाण खोज्ने काम हुने जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्