विराटनगरका शुरुभयो नाटक उत्सव, १० दिनमा ८५ वटा नाटक मञ्चन हुने

विराटनगरका शुरुभयो नाटक उत्सव, १० दिनमा ८५ वटा नाटक मञ्चन हुने

विराटनगर, ४ जेष्ठ ।
मोरङमा आजदेखि जिल्ला स्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । शुक्रवारबाट सुरु नाटक उत्सव १० दिन सम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । शुक्रवार सुरु नाटक उत्सवको उद्घाटन बरिष्ठ रंगकर्मी अशेष मल्लले गरे । उदघाटन गर्दै मल्लले भने, ‘राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो दिएको छैन, संस्कार र संस्कृति सिकाउने रंगमञ्चलाई राज्यले विर्सन हुँदैन ।’
सभ्यताको विकासका निम्ती थिएटरको ठूलो हात हुने बताउँदै उनले राज्यले नबुझेका कारण नाटक अध्यापन गराउने स्कुल खुल्न नसकेको गुनासो गरे । स्कुलदेखि नै नाटकको पढाई भए सभ्यताको विकास गर्न सहज हुने उनको भनाई छ । प्राज्ञ विवश पोखरेलले नाटक उत्सव नया कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने आधार भएको बताए ।
राज्यले पाठ्य पुस्तकका समावेश नगरेपनि गतबर्षदेखि नाटक जागरण अभियान सुरु गरेको समेरु कला सरोवरका अध्यक्ष सुलवमणी सापकोटा बताउँछन् । उनी भन्छन्, गतबर्ष सुनसरीमा पनि अभियान आयोजना गरिएको थियो यो बर्ष मोरङमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको छ ।’
कलाकारले रंगकर्मको बारेमा कलाकारले चिन्ता ब्यक्त गरिरहँदा राजनीतिक दलहरुलाई पनि यो बिषयमा राज्यले ध्यान नदिएकोमा पटक्कै पम परेको देखिएन । नेपाल कम्यूनिष्ट पार्टीका नेता महेश रेग्मीले राज्यले रंगमञ्चलाई शिक्षाको रुपमा विकास गर्न नसक्दा कला क्षेत्रमा लागेकाहरु टिक्न सक्ने अवस्था नरहेको बताए । राज्यलाई एक ढिक्का बनाएर विकास गर्दै लैजान कला क्षेत्रको ठूलो योगदान भएको बताउदै उनले सरकारले विद्यालय स्तरदेखि नै रंगमञ्चलाई विद्यार्थीसम्म पुर्याउन आबस्यक रहेको बताए ।
निजी बिद्यालयका संचालक राजेश कुमार दासले निजी विद्यालयहरु पनि कला साहित्य क्षेत्रको विकासमा लाग्दै आएको बताए । नाटक उत्सवमा जिल्लाभरका ८५ वटा सामुदायिक र निजी विद्यालयहरुले बढिमा १५ मिनेटको दरले ८५ वटा नाटक मञ्चन गर्दैछन् । शुक्रवारदेखि १० दिन सम्म निरन्तर नाटक मञ्चन गरिने छ । शुक्रवार चार वटा नाटक मञ्चन गरिएको छ ।
यि विद्यालयको नाटक
विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालय, विराटनगर–१२ मा रहेको गोदावारी स्कुल, विराटगर ११ मा रहेको सगरमाथा स्कुल र रंगेली ६ मा रहेको माउण्ट मकालु स्कुलले सहभागिता जनाएका छन् । उत्सवमा गोदावरी र गोग्राहले बाल विवाह शिर्षकको नाटक मञ्चा गरेका थिए भने माउण्ट मकालुले वान वे नाटक मञ्चन गरेको थियो । सगरमाथाले आमा बुबाको माया नाटक मञ्चन गरेको थियो । उत्सवमा सहभागि मध्येबाट उत्कृष्ठ १० नाटक छनोट गरिने छ । उत्सवको निर्णयकमा बरिष्ठ रंगकर्मी लोकमणी सापकोटा, रंगकर्मी मुकेश कर्ण र दिपेश भण्डारी रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्