नरग्राम माविमा भ्रष्टाचारको आरोप राजनीति प्रतिशोध

नरग्राम माविमा भ्रष्टाचारको आरोप राजनीति प्रतिशोध

विराटनगर, ५ जेष्ठ । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको आरोप लागेको हो । अनियमितताको विषयमा लेखापरीक्षण गर्नेहरूले नै लेखा प्रणाली अव्यवस्थित रहेको र मनपरी भएको दाबी गरेका छन् ।विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्दा होस् या आन्तरिक आम्दानीमा मनपरी गरेको विद्यालय व्यवस्थापन समितिकै सदस्य तथा पदाधिकारीले बताएका छन् । विद्यालयको गत आर्थिक वर्ष २०७२/०७३ को आय–व्यय विवरणमा २ लाख ६९ हजार ५ सय ७२ रुपैयाँ बराबरको रकमको खर्च विवरण देखाउन नसकेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिले अनियमितता र खर्च विवरणबारे असन्तुष्टि चुलिएपछि निर्माण गरेको सामाजिक लेखा परीक्षण समितिले सो बराबरको रकम बेजुरु भएको जनाएको हो ।

‘भवन निर्माणका क्रममा भएका खर्च उल्लेख गर्ने कुनै कागज प्रमाण नहुँदा लेखा समितिले बिना आधार र प्रमाण खर्च लेखिदिएको छ,’ सामाजिक लेखा परीक्षण समितिका सदस्य भोजराज घिमिरेले भने, ‘कागजका आधारमा होइन मुखको आधारमा खर्च लेखिएको छ, कतिपय ७२ सालको खर्चको बिल अहिले ल्याइएको छ ।’

यस बारेमा बिद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतले आफुलाई राजनीति पुर्वाग्रह राखेर बद्नाम गराइएको आरोप लगाएका छन् । सामाजिक प्रतिबेदन रिपोर्ट बनाउँदा आफुलाई सोध्दै नसोधी तयार पारिएको र देखिएको बेरुजुको हिसावमा लेखाले छाएकोले त्यसरी बेरुजु देखिएको बताए । शैक्षिक सुधारका लागिलधेरै कामहरु भईरहेको अबस्थामा आएको यस्तो विषयले शैक्षिक सुधारमा गरेको योगदानको अबमुल्यन भएको उनको तर्क छ । उनले राजनीति प्रतिशोधबाट आएको बिषयले आफुलाई दुखित बनाएको उनले आवरबिराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्