उत्कृष्ठ बुहारीको खोजी शुरु, प्रथम हुनेले सुनको सिक्री पाउने

उत्कृष्ठ बुहारीको खोजी शुरु, प्रथम हुनेले सुनको सिक्री पाउने

विराटनगर, ५ जेष्ठ ।
बृद्धा अबस्थामा घर परिवारबाटै सकेसम्म अपहेलित नहुनुपरोस् भन्दै सुनसरीको ईनरुवा नगरपालिकाले नगरभित्र उत्कृष्ठ बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले सासु ससुराको स्याहार सहित सम्मान र मायाँ गर्ने वुहारीको खोजी गरी सम्मान गर्नेछ । उत्कृष्ठ बुहारीको खोजीकालागि नगरभित्रका १० वटै वडामा छनौट समिति गठन गरिने छ । प्रत्येक वडाबाट २ जनाका दरले नगर स्तरिय प्रतिस्पर्धाका लागि छानिने २०जना असल बुहारी मध्ये उत्कृष्ठ २ लाई सम्मान गरिनेछ । ईनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले उत्कृष्ठ हुने बुहारीलाई सुनको सिक्री दिने बिषयमा प्रक्रिया अघि बढाईएको बताए । बृद्धबृद्धाको सम्मानका लागि त्यसखालको कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको विस्वास छ ।
सन्तानबाट टाढिनु र अपहेलित भई बृद्धाश्रमको बास बस्नुपर्ने बाध्यता मुक्त नगरको परिकल्पना अनुरुप बुहारी सम्मान कार्यक्रम गर्न लागिएको नगर प्रमुख मेहताले बताए । उत्कृष्ठ बुहारी हुनका लागि भने सम्बन्धित बुहारीका सासुससुराको मन्जुरी अनिवार्य गरिएको छ । पुरस्कार हात पारेपछि सासुससुराको वेवास्ता गरेको पाईए दिईएको पुरस्कार फिर्ता लिईने र सो परिवारका लागि नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा सुविधा समेत कटौती गरिने नगर प्रमुख मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्