जनप्रतिनिधि आएको ११ महिना, विराटनगर महानगरमा यसरी हुँदैछ विकास

जनप्रतिनिधि आएको ११ महिना,  विराटनगर महानगरमा यसरी हुँदैछ विकास

विराटनगर, ५ जेष्ठ ।
घरघरमा मेयर विराटनगर महानगरपालिकाको सबैभन्दा पछिल्लो कार्यक्रम हो । महानगर प्रमुख आफैँ जनताको घर दैलोसम्म पुग्छन् । उनीहरुको समस्या र गुनासो सुन्छन् । समाधानको उपाय खोज्ने बारेमा त्यहीँ छलफल गर्छन् अनी महानगरको सम्बन्धित महाशाखालाई समस्या समाधानमा निर्देशन पनि दिन्छन् । कार्यक्रम बारे पराजुलीले भने, जनप्रतिनिधिबाट भए गरेको काम र महानगरले लिँदै आएको सेवा वारे सेवाग्राहीको कुरा प्रत्यक्ष बुझ्न तथा गुनसा सुन्न जनताको घरदैलोसम्म पुगने गरेको छु । यसको लागि सातामा २ दिन शुक्रवार र शनीवार समय छुट्याईएको छ ।
विराटनगर महानगरले जनप्रतिनिधिको नेतृत्व पाएको एक बर्ष पुग्दै लागेको छ । यो अबधिमा विकासका कतिपय कामले गति लिएका छन् कतिपय महत्वपुर्ण काममा भने सिन्को भाँच्ने कामसम्म भएको छैन ।

महानगरकी उप प्रमुख ईन्दीरा कार्की यो बर्ष यो बर्ष यतिकै बित्यो की भन्ने पिरले सताएको बताउँदै भन्छिन, स्थानीय तहमा जनप्रतिनिधि त आएका छन् , स्थानीय सरकारको रुपमा काम पनि अघि बढेकै छ । तर अहिलेपनि बाटो बिराएजस्तो अझै धेरै गर्नुपर्नेमा गर्न नसकिएजस्तो भान भईरहेको छ ।’ उनले महानगरमा यस अघि जारी कार्यक्रमलाई निरन्तरता दिने कामसँगै केही नयाँ थालनी भएको बताए । तर एकै बर्षमा धेरै नतिजा नआएको आफुहरुले पनि महसुस गरेको उनले स्वीकार गरिन् ।
विराटनगरमा जारी दिर्घकालिन महत्वका परियोजना बाहेक महानगरले नयाँ परियोजना निर्माणको काम अघि बढाउन प्रक्रिया थालेको जनाएको छ । प्रदेश स्तरिय सभाहल नगर कै १५ शैयाको अस्पताल, विरेन्द्र सभागृह स्तर उन्नती, ४ वटा नमुना बिद्यालय, छोरी बचाउ अभियान, जेष्ठ नागरिकको घरघरमै स्वास्थ्य परिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ योजनामा राखिएका छन् । उपप्रमुख काकीै भन्छिन्, हामीले चुनावताका जनतासामु गरेका बाचालाई पुरा गर्ने कामको शुरुवात गरिसकेका छौ । यस बाहेक एसियाली विकास बैंकको ऋण अनुदान र नेपालको लगानीमा मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना २ अर्ब ९५ करोड रुपैयाँ र क्षेत्रीय सहरी विकास कार्याक्रम अन्तरगत २ अर्ब ६१ करोडको परियोजना चालु छ ।
नगर क्षेत्रको सडक, ढल र नाला निर्माणका साथै फोहोर प्रशोधनसँग सम्बन्धित परियोजनाको पहिलो चरणको कामको प्रगती ९० प्रतिशत भन्दा माथि छ । नयाँ कामको ठेक्का पाएको चिनियाँ ठेकेदारले पनि कामलाई गतिििदँदै आएको छ । अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्