विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

काठमाडौं, जेठ ५ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।

ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा अन्य १० जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मारिनेमध्ये धेरैजसो विद्यार्थी नै भएको अधिकारीहरुले जनाएका छन् ।

गोली चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थ बरामद गरेको जनाएको छ ।

गत फेब्रुअरीमा अमेरिकाकै फ्लोरिडा राज्यको पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा भएको गोली काण्डमा १४ विद्यार्थी सहित १७ जनाको ज्यान गएको थियो ।

त्यसपछि अमेरिकामा बन्दुकको खुला बिक्रीमा नियन्त्रण गर्नुपर्ने माग गर्दै प्रदर्शनहरु भएका थिए ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्