विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने

विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने

विराटनगर, ५ जेठ । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने बताएका छन् । नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विराटनगरको फिल्ड अफिस हट्ने बताए। उनले भारत १९५० को सन्धि फेर्न सहमत भइसकेकाले उक्त कार्यालय हट्ने बताएका हुन् ।

भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आएपछि पास दिन भारतीय दूताबासको फिल्ड अफिस खोलिएको थियो जुन अहिलेसम्म हटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्