विराटनगरको गणपति कटन उद्योगमा लफडा, उद्योगको रेखदेख गर्ने थापालाई कालोमोसो (ओवि फलोअप)

विराटनगरको गणपति कटन उद्योगमा लफडा, उद्योगको रेखदेख गर्ने थापालाई कालोमोसो (ओवि फलोअप)

प्रेम देवान
विराटनगर ५ जेठ ।
विराटनगर १६ रानी मिल्स् एरीया बर्माटोलमा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरहरुले मिलको रेखदेख गर्दै आएका कृष्ण थापालाई नालाको हिलोे र कालोे मोसो दलेका छन् । २३ बर्षदेखि क्वाटरमा तलव नै नपाई बस्दै आएका मजदुरलाई हटाउन खोजेको भन्दै आक्रोशित मजदुरहरुले थापालाई नालाको हिलोले शरिरभरी छ्यापिदिएका हुन् । श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल बन्द हुनु अगाडीदेखि नै मिलको क्वाटरमा मजदुरहरु बस्दै आएका थिए ।
अहिले मिल बन्द भएको करिब २३ बर्ष जती भईसक्यो । मजदुरहरु तलव नै नपाई मिलको क्वाटरम रेखदेख गर्दै आएका छन् । बन्द भएको मिलको जग्गा अहिले गायत्री डेभ्लोपरर्स कम्पनीले किनेको छ । गायत्री डेभ्लोपरर्स कम्पनीका केही प्रतिनिधी र उद्योगको रेखदेख गर्ने थापाको नेतृत्वमा शनिबार विहान आएको टोलीले मजदुरहरु बस्दै आएको जग्गा नाप्न थालेपछि क्वाटरमा बस्दै आएका मजदुरले थापालाई दलाली भन्दै नालाको कालो हिलो अनुहारमा छ्यापीदिएका हुन् ।
श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितीलाई कुनै जानकारी नदिई शनिबार विहान एक्कासी क्वाटरमा प्रवेश गरेपछि आक्रोशित मजदुरले जग्गा नाप्न आएको टोली माथी नै जाई लागेका थिए । गायत्री डेभ्लोपरर्सले क्वाटरको कम्पाउण्ड खाली गर्न भनेर यस अघि नै ३५ दिने सुचना जारी गरेको थियो । विना तलव मिलको क्वाटरमा बस्दै आएको र अहिले अचानक हटाउन लाग्दा विचल्लीमा पर्ने भएकाले आफूहरुलाई उचित क्षतिपुर्ती दिनुपर्ने भन्दै मजदुरहरु आन्दोलनमा छन् ।
नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योग बन्द भएपछि धेरैको बिल्लीवाठ भएको छ । कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदैै ज्यान गुमाएका छन् भने कतिपयको दिनचर्या कष्टकर बन्दै गएको छ । करिब दुई सयको हाराहारीमा रहेका मजदुर तथा कर्मचारीले २३ वर्षदेखि अझै तलव पाउन सकेका छैनन् ।
जग्गा लिएको कम्पनीले कतिपयलाई तलव दिएको छ भने क्वाटरमा बस्ने अधिकासले पैसा लिन मानिरहेका छैनन् । मजदुरहरु पैसाको सट््टा आफूहरुलाई उचित बसोबास गर्ने आवासगृहको माग गरिहेका छन् । अहिले क्वाटर लगायत मिलको कम्पनीको खाली जमिनमा ६२ घर परिवार बसोबास गर्दै आएका छन् । करिब १ विगा ६ कठ्ठा २ धुर जमिन रहेको स्थानमा अहिले पुराना ढल्न लागेको क्वाटर छन् भने आधा दर्जनले त्यही क्वाटरको खाली जमिनमा घर बनाएर बसेका छन् । मिलको क्वाटर बाहिर पनि पक्का घर बनाईएको छ भने कतिपय त्यही जमिनलाई प्रयोग गर्दै आएका छन् ।
नातामा पुर्ब राजा ज्ञानेन्द्रका मामा पर्ने सुशील समशेर जवराले उद्योग भारतिय नागरिकसँगको सहकार्यमा संचालन गर्दै आएको मिल २०५२ सालमा बन्द भएको थियो । बैंकको ऋण तिर्न नसकेर २०५२ सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलव दिन सकेको थिएन । त्यस यता अहिलेसम्म काम गरेको तलव नपाएर १८ जनाले ज्यान गुमाई सकेका छन् । पारिश्रमिकको पर्खाईमा रहेका श्रमिक, मजदुर तथा कर्मचारीहरुले मर्ने बेलामा समेत पाउनु पर्ने रकम नपाईकनै धेरैले ज्यान नै गुमाईसकेका छन् ।

पैसा नदिएको आक्रोश

२ दिन अगाडी वडा कार्यालयमा भएको छलफल पछि नाप्न दिने बारेमा क्वाटरमा बसेका मजदुरहरु सहमत भएका थिए । सबैतिर जग्गा नाप्दै आउने क्रममा उनीहरुलाई बुझाई सकिएको तर बाहिरका ब्यक्तिबाट आक्रमण भएको केसीले सुनाए । जग्गा नाप्दै आउने क्रममा त्यहाँका मजदुरले अबरोध गर्दै गरेको अबस्थामा एउटी केटीले पछाडीबाट कालोमोसो ल्याएर दलेको बताए ।
एउटा केटी पछाडीबाट आएर कालोमोसो दलेर भागेकी थिईन् उनले भने, ति युवती त्यहाँको भन्दा पनि बाहिरका केटाहरुले लगाएका हुन् ।
जाग्गा नाप जाँच गर्नको लागि दिपक मलहोत्राका प्रतिनिधि श्याम सिलवाल काठमाण्डौबाट आएका थिए । उनीसँगै अन्य ७–८ जनालेको टोली जग्गा नापजाँचको लागि गएको थियो । श्याम सिलवालसँग पैसा माग्दै आएकाहरुले कालो मोसो दलेको उनले सुनाए । सिलवारसँग पटक पटक स्थानीय गुण्डाहरुले पैसाको बार्गेनिङ गर्दै आएका थिए पैसा पछि नापजाँच गरेर सक्ने भनेपछि उनीहरुले यस्तो हर्कत गरेको उनले बताए ।थापाका अनुसार ति युवतीले हिलो सहित कालोमोसो दले लगत्तै खुकुरी, चुप्पी, भाला सहित त्यहाँ नापजाँच गर्न आउनेहरुले ति ७ जनालाई आक्रमणको प्रयास गरेका थिए । थापाका अनुसार जग्गा नाप्न पुगेका सरकारी अमिनलाई पनि रक्ताम्मे हुनेगरी कुटपिट भएको छ । आवर विराटनगर डट नेटले गणपति कटन उद्योगकोबारेमा यस अघि पनि समाचार प्रकाशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्