जब एकाएक युवाहरु बिराटनगरको भाटभटेनी अगाडी प्ले कार्ड लिएर निस्किए

जब एकाएक युवाहरु बिराटनगरको भाटभटेनी अगाडी प्ले कार्ड लिएर निस्किए

बिराटनगर जेठ ६, साँझ ४ बजेको थियो , एक हुल युवायुवतीको समुह हातमा प्ले कार्ड , प्रचार सामग्री लिएर बिराटनगरको व्यस्त ठाउँ भाटभटेनी सुपर मार्केट अगाडी आएर उभिए । युवा युवतीको चहलपहल भाटभटेनीमा कुनै नौलो कुरा भने   हैन , तर यी युवायुवती रमाइलो गर्न आएका थिएनन् , यिनीहरुको उदेस्य थियो त्यहाँ आएका मानिसहरुलाई रक्तदान समन्धी जनचेतना जगाउनु ।बिभिन्न प्ये कार्ड सहित युवायुवतीको समुह त्यहाँ रगत र रक्तदान बारे सर्वसाधारणलाई सम्झाइरहेका थिए । युथ फर ब्लड मोरङको आयोजनामा जनचेतनामुलक कार्यक्रमको लागि युवायुवती त्यहाँ जम्मा भएका थिए । भाटभटेनी सुपरमार्केटको सहआयोजना तथा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमकि संयोजक मनिशा साहले जानकारी दिईन ।कार्यक्रममा करिब ३ सयलाई जनालाई रक्तदान बारे जनचेतना दिएका थिए । युथ फर ब्लडले अन्य ठाउमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने शाहले जनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्