गरिखानेका कुरा १ :दिनमा ६ सय कमाउँछु, एक सय खान्छु ५ सय घर लैजान्छु (भिडियो सहित)

गरिखानेका कुरा १ :दिनमा ६ सय कमाउँछु, एक सय खान्छु ५ सय घर लैजान्छु (भिडियो सहित)

सुनीता अर्याल,
विराटनगर, ६ जेष्ठ ।
जेठ महिनाको शरिर पाक्ने गर्मी, बाहिर हिड्न सक्ने अबस्था छैन । अझ केही दिन लगातार पानी परेको कारण त्यति गर्मीको महसुस नभएपनि बिगत २ दिन देखि विराटनगर तातिएको छ । त्यही गर्मीको बिचमा काम गर्दैछन्, ग्रामथान गाउँपालिका वडा नम्बर २ पिडारवनीका टुन्कु चौधरी । उमेरले ६१ बर्ष काटीसकेका टुन्कुको परिवारमा श्रीमान श्रीमती अहिले एक आपसको एक्लो जीवनको साहारा बनेका छन् । श्रीमनको भर श्रीमती अनी श्रीमतीको भर श्रीमान यस्तै नै छ, यी पाका चौधरीको जीवन भोगाई । यसको अर्थ यो हैन की यिनीहरुको परिवारमा कोही पनि छैनन् । यिनीहरुको परिवारमा ३ छोरा र १ छोरी पनि छन् । तर छोरीको बिहे भयो छोराहरु आफ्नै परिवार चलाउनमा ब्यस्त भएपछि यो बुढेशकालमा पनि यी टुन्कु आफ्नो जीवन संघर्षमै छन् । हुन पनि उमेरले ६१ बर्ष कटी सकेको छ । उनकी श्रीमती अहिले घरमा बस्छिन् खाना बनाउँछिन् अनी घरमा भएको बाख्रा चराउने काम गर्छिन् । तर टुन्कुको काम भनेको दिनभरी विराटनगरका घरहरुमा निर्माण मजदुरको रुपमा काम गर्नु नै हो । उनी भन्छन्, ‘दिनमा ६ सय कमाउँछु, एक सय खान्छु ५ सय घर लैजान्छु र श्रमतीलाई दिन्छु ।’
छोराहरु अहिले उद्योगमा काम गर्ने गरेको उनी सुनाउँछन् । हेर्दा अत्यन्त कमजोर र अशक्त लाग्छन् उनी। उनको यो उमेर भनेको अब आराम गर्ने बेला शुरु भईसकेको जस्तो लाग्छ, म त्यहाँ पसग्दा पनि त्यस्तै नै लाग्यो । तर काम गर्नको लागि उमेर बुढो भएर पनि छेक्दैन भन्ने उदाहरण टुन्कुको कर्मले स्पष्ट पार्छ ।
उनले कमाएको रकमबाट केही जोहो गरौँला भन्ने त छ । भएको ऋणले गर्दा उनलाई थप पीडा दिन्छ । पसिना चुहाउदै घर बनाउँदा इट्टा र बलुवा सिमेन्ट टाउकोमा बोक्दै ओसार्दै गरेका उनी कसरी परिवारको गर्जो टार्ने भन्ने चिन्तामा देखिन्छन् ।
टुन्कुका अनुसार, ‘छोरो धेरै बिरामी हुँदा लिएको ऋणको लागि यो सब गरिरहेको छु । हामी गरीब बसेर कहाँ खान पुग्छ र ?’
उनले यो काम आफु १५ बर्षको हुँदा देखि शुरुगरेको सुनाए । ‘अहिले ६१ बर्षको हुँदासम्म लगातार गर्दै आएको छु, उनले भने ।’
जबसम्म श्वास रहन्छ त्यो दिनसम्म आश रहन्छ भने झै आफ्नो शरीरले जुनदिनसम्म काम गर्न सक्छ त्यो दिनसम्म गरि रहने उनले बताए । ‘जुन दिनसँम्म कमाउन सक्छु त्यो दिनसम्म कसैको एक रुपैयाँको पनि आश गर्दिन उनले उत्साहित हुँदै भने, दुःख गरेर खानेवानी पर्यो अब त काम नगरी बस्नै सकिन्न ।’
हो यस्तै आँट र साहसका साथ आँटिलो टुन्कुले यो उमेरमा पनि तातो घाममा उर्जाशिल जोशिलो युवा सरह आफ्नो जीवन ब्यतित गर्दैछन् । समाजमा गरीखानेहरुको कथा देख्दा लाग्छ धन नभएपनि मन भएकाहरुले समाज बनाउँदैछन् । ठुला भाषण गर्नेका भन्दा यसरी श्रम गर्नेले नै देशमा योगदान गरिरहेका छन् । एकातिर युवाशक्ति विदेश पलायन भईरहेको छ भने अर्को तर्फ देशमै भएका युवाहरुलाई पनि राज्यले सहि ब्यवस्थापन गर्न सकेको छैन ।
युवा पुस्ता यस्ता कामलाई कामै ठान्दैनन् । तर यी ६१ बर्षिय जोशिला टुन्कु अहिले पनि महिनामा १८ देखि २० हजार सजिलै घरैमा बसेर कमाई रहेका छन्। यी टुन्कुले गरेको मेहनत अब तपाईले पनि गाउँमै गर्ने हो भने धेरै गर्न सकिन्छ । गरी खानेहातहरु अहिले पनि सँधै देश निर्माण र श्रमको पर्खाईमा निरन्तर छ ।

https://www.youtube.com/watch?v=snQHtywmUxg&feature=youtu.be

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्