भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

काठमाडौं, जेठ ७ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् ।

मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

कानपुरका अधिकांश मदिरा पसलमा विषाक्त मदिरा बेचेको पाइएकाले थप अनुसन्धान भइरहेको जनाइएको छ ।

भारतका विभिन्न जिल्लामा विषाक्त मदिरा सेवनका कारण वर्षेनी कयौंको ज्यान जाने गरको छ ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्