पोखरीमा डुब्दा रुपन्देहीमा एकै गाउँका चार बालिकाको मृत्यु

<span class='c1'>पोखरीमा डुब्दा रुपन्देहीमा एकै</span> <span class='c2'>गाउँका चार बालिकाको मृत्यु</span>

बुटवल, ७ जेठ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिना गाउँका चार बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । गद्धीहवाको नौखनिया पोखरीमा नुहाउने क्रममा एकै गाउँका चारै जना बालिकाहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्हरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
बिहान करिब साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ९ वर्षिया अविदा खातुन, १० वर्षिया साहिमा खातुन, मुदिना खातुन र १४ बर्षिया साहिया खातुन रहेका छन् ।
बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै ४ किलो मिटर पश्चिममा पर्छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर– ११ का वडा अध्यक्ष अकरामद्धिन खाँनले पोखरीमा बालिकाहरु डुवेको देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
उक्त पोखरी प्राकृतिक पोखरीको रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् ।
उनीहरुको मृत्यु पछि लुम्बिनीको मसिनागाँउ शोकमा डुवेको छ । मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्