धुलोबाट बच्ने विराटनगरको भृकुटीचोकका ब्यापारीको यस्तो जुक्ती

<span class='c1'>धुलोबाट बच्ने विराटनगरको भृकुटीचोकका</span> <span class='c2'>ब्यापारीको यस्तो जुक्ती</span>

विराटनगर ७ जेठ । विराटनगर ६ स्थित भृकुटी चौकका स्थानिय व्यापारीहरुले ठेकेदार कम्पनीले सकयमै काम नभएको भन्दै बिरोध जनाएका छन् । लामो समयदेखि धुलोबाट वाक्क भएका व्यापारी आज हातमा प्लेकार्ड लिएर सडकमै निस्किएका हुन् । आ–आफ्नो पसल अगाडी रोडमा बाटो बनाउन दबाब दिदै आधा घन्टा प्लेकार्ड बोकेर विरोध गरे ।
धुलाम्मे बाटोको कारण ग्राहक नआएर पसलको सटर भाडा समेत अन्यत्रबाट ऋण लिएर तिर्नुपर्ने अवस्था आएको, स्वास्थ्यमा हानी पुगेको, दैनिक कार्य गर्न कष्टकर अवस्था आएको व्यापारी केशव गिरीले बताए ।व्यापारीहरुले घर चलाउन समस्या हुदै गएकोले बाध्य भएर सडक आउनु परेको बताएका छन् । उनीहरुले तत्काल सडक नबनाए जिल्ला प्रसाशन, महानगरपालिका, प्रदेश सरकार ज्ञापन पत्र बुझाउने समेत कार्यक्रम तय गरेका छन् । त्यति गर्दापनि सुनुवाई नभए सडकमा उत्रने र सडक ठप्प पार्ने सम्मको चेतावनी उनीहरुले दिएका छन् । ब्यापारी विनोद भट्टराईले माग तत्काल सुनुवाई हुनु पर्ने माग राखे । समय मै सडक निर्माण नगरे आगामी दिनमा अरु चरणबद्धका आन्दोलन गर्दै जाने ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्