ज्यानमार्ने धम्की दिनेलाई प्रहरीले संक्षरण गरेको पिडीतको अरोप

<span class='c1'>ज्यानमार्ने धम्की दिनेलाई प्रहरीले</span> <span class='c2'>संक्षरण गरेको पिडीतको अरोप</span>

प्रेम देवान
बिराटनगर, ७ जेठ । गत बैशाख २२ गते विराटनगर ८ हाटखोलामा रहेको एक वेभ साईट बनाउने कम्पनीमा तोडफोड र ज्यानमार्ने धम्की दिएको बिषयमा पिडकलाई प्रहरी कारबाही गर्नुको साटो उल्टै सरक्षण गरेको पीडितले आरोप लगाएका छन् ।
विराटनगरको हाटखोला कारागार पछाडी रहेको वेभसफ्ट आइटी प्रा.लि.को कार्यलयमा गत बैशाख २२ गते स्थानीय युवाहरुको जमातले तोडफोड गर्नुका साथै त्यहा रहेका एक जनालाई मरणासन्न हुने कुटपिट गरेका थिए ।
वेभसफ्ट प्रालिका सञ्चालक भविश मण्डलले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे प्रहरीलाई राम्रोसँग जानकारी भएता पनि पिडकलाई अझै पनि कारबाही नगरेको आरोप लगाएका छन् । तोडफोड र ज्यान मार्ने धम्की दिनेको पहिचान भईसक्दा पनि प्रहरीले नेताहरुको पहलमा कारबाहीको लागी आलटाल गरेको पत्रकार सम्मेलनमा मण्डलले गुनासो गरे ।
आफु घरमा नभएको मौका छोपी गत बैशाख २२ गते शनिबार राति करिब १० बजेतिर कार्यालयमा बसेर काम गरिहेको भाई चन्दन कुमार मण्डललाई स्थानीय शिरोमणी कट्वाल (रञ्जन पासवान) को नेतृत्वमा आएको समूहले कुटपिट गरी वेहोस बनाउनुका साथै कार्यलयमा तोडफोड गरेको मण्डलले बताए । पासवानको समूहले कार्यालय भित्रको कम्प्युटर, फोटोकपी मेसिन, कुर्सी, दराजमा तोडफोड गरी करिब ३० हजार मुल्यबराबरको क्षति पुर्याएका थिए ।
केही समय अगाडी उक्त वेबसाईट बनाउने कार्यलयमा कम्प्युटर बेसिक पढ्न भर्ना भएका ३० बर्षिय रन्जन पासवान भनिने शिरोमणी कट्वालले कार्यलय र उनका भाईलाई कुटपिट गरेका थिए । कुटपिट गर्ने पासवान घटना भए लगतै फरार थिए । फरार रहेका पसवानलाई घटनापछि हाटखोला प्रहरी र जिल्ला प्रहरी कार्यलयको खोजी कार्यपछि केहीदिन पछि पक्राउ गरेको थियो ।
पक्राउ परेका पासवानलाई केही नेता लगाएर कारबाही नगर्न प्रहरीलाई दबाव दिएको पिडीत मण्डलले बताए । वेभसफ्टका सञ्चालक भविश मण्डलले आफ्नो ज्यानको सुरक्षाको माग समेत गरेका छन् ।
सोमाबार वेभसफ्टवेरका सञ्चालक पत्रकार सम्मेलन गरेर जानकारी दिदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्