हत्या तथा सुनकाण्डका अभियुक्त पुर्ब डिआईजी र एसएसपी सहित २८ जना जेल चलान

हत्या तथा सुनकाण्डका अभियुक्त पुर्ब डिआईजी र एसएसपी सहित  २८ जना जेल चलान

सुमन सुस्केरा
विराटनगर, ८ जेठ ।
मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका २८ जनालाई जेल चलान गरेको छ । २ जना मध्य एक जनालाई साधारण तारेखमा र एकजनालाई १५ हजार धरौटी माग गरेको छ । जिल्ला अदालत मोरङका निमिति श्रेस्तेदार केदार प्रसाद गौतमले आदेश बारे जानकारी दिँदै तत्कालिन अन्तराष्ट्रिय विमानस्थलका एसएसपी श्याम खत्रीका ड्राईभर बिष्णु बहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंग रक्षक हवल्दार अम्मर बहादुर थापा मगरलाई साधारण तारेखमा छाड्ने निर्णय भएको जानकारी दिए ।

न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशले बिष्णु बहादुर खड्काको सम्बन्धमा तत्कालिन बिमानस्थलका एसएसपी श्याम खत्रीको ड्राईभर रहँदै आएकोमा निजकै निर्देशनमा तस्करीका सुन गाडीमा पुर्याई दिएवापत मोहन काफ्लेबाट २ पटकमा १५ हजार लिएको भन्ने देखिएकोले साही अनुसारको धरौटी माग गरिएको हो । उनले १५ हजार तिर्न नसके मात्र कारागार पठाउनु भनिएको गौतमले जानकारी दिए । त्यस्तै अन्य २८ जनालाई भने पु्र्पक्षको लागि जेल जलान गरिएको छ ।

यसरी जेल चलान हुनेमा टेक राज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, आरके भन्ने राजेन्द्र कुमार शाक्य, चाचाजी भन्ने महाबिर प्रसाद गोल्यान अग्रवाल, बालकृष्ण सञ्जेल, गोपाल कुमार श्रेष्ठ, चन्दन भन्ने बिरेन्द्र मान श्रेष्ठ, तक्ने भन्ने पुण्य प्रसाद तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, सम्बीर प्रसाद तोलाङ्गे, राज महर्जन, राजन थापा , तोलाराम थारु, अमरमान डंगोल, गोबिन्दप्रसाद निरौला, विकासराज खनाल, सञ्जय बहादुर राउत, दिवेश लोहनी, प्रजित केसीलाई जेल चलान गरिएको हो । उनीहरुलाई अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं. देहाय २ को आधारमा नियमानुसार सिदा खान पाउने गरी अ.बं. १२१ बमोजिम थुनुवा पुर्जी दिई पुर्पक्षका लागि थु्नामा राख्न कारागार चलान गरिएको न्यायाधिश नारायण शर्माले दिएको आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते पक्राउ परेका ३० जना र फरार ३३ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध निवारण ऐनसहित कर्तव्य जान, अवैध चोरी पैठारी, अपहरण तथा शरीर बन्धक र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको अभियोग पत्रमा मुख्य अभियुक्त बनाइएका सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके चूडामणि उप्रेती (गोरे) मंगलवार मात्रै पक्राउ परेका छन् । उनलाई मंगलवार नै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । जिल्ला अदालतमा उपस्थित गराइएका गोरेको थुनछेक बहसपछि अदालतले थुनामा राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भनेर आदेश जारी गर्ने छ । सुन तस्करीसँगै जोडिएको हुण्डी कारोबारमा संलग्न भनिएका थप २ जनालाई पनि प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिसकेको छ । थप २ जनासहित सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तको संख्या ६५ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्