गोरे अर्थात ‘गोल्डेन डन’ विराटनगरमा, अदालत परिसरमा गोरे बिरुद्ध यस्तो आक्रोस (भिडीयो सहित )

गोरे अर्थात ‘गोल्डेन डन’ विराटनगरमा, अदालत परिसरमा गोरे बिरुद्ध यस्तो आक्रोस (भिडीयो सहित )

प्रेम देवान
विराटनगर ८ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) पक्राउ परे लगत्तै विराटनगर ल्याईएको छ । गोरेलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले मंगलबार बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो ।
समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरि काठमाण्डौमा मंगलबार दिउसो पत्रकार सम्मेलनको आयोजना सार्वजनिक गरिएको थियो । गोरेलाई पत्रकार सम्मेलन पस्चात प्लेन मार्फत आज दिउसो ३ बजेर विराटनगर एयरर्पोटबाट सिधै जिल्ला प्रहरी कार्यलय मोरङमा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यलय मोरङमा गोरेको फोटो तथा भिडीयो कैद गर्न लाग्दा प्रहरीले रोकेको थियो । माथिको आदेश हो भन्दै महिला प्रहरीहरुले सञ्चारकर्मीहरुलाई फोटो तथा भिडीयो कैद गर्न खोज्दा अवरोध गरेका थिए । प्रहरीले गोरेलाई स–सम्मानका साथ स्कटिङ दिएर जिल्ला प्रहरी कार्यलय मोरङमा पुर्याएको थियो ।

[caption id="attachment_55086" align="alignnone" width="696"]  जिल्ला प्रहरी कार्यलय मोरङमा करिब १ डेढ घन्टा पछि मात्र जिल्ला अदालत मोरङमा उपस्थित गराईएको थियो । सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरणमा गोरे नै मुख्य दोषी भएका भनिएका गोरलाई जिल्ला अदालत मोरङमा उपस्थित गराउनु अघि मोरङ प्रहरीले बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो ।[/caption]

जिल्ला अदालत मोरङमा सबैको चासो मानिएका गोरेलाई हेर्न सरकारी कर्मचारीदेखी सर्वसाधरणको पनि भिड लागेको थियो । जिल्ला प्रहरी कार्यलयबाट करिब ५ बजेपछि जिल्ला अदालत पुगेका गोरे विरुद्ध हत्या भएका सनम शाक्यका आफन्तले नाराबाजी गरेका थिए । सनम शाक्यको हत्यारालाई कारबाही गर, हत्यारालाई फाँसी दे जस्ता नारा लगाउदै गोरे विरुद्ध आक्रोश पोखेका थिए ।

https://www.youtube.com/watch?v=V0B782aiYVc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्