विराटनगर जुटमिल्सको वेथिती : सुरक्षा पर्खाल नै टेण्डर मार्फत बिक्री गरेको खुलासा

विराटनगर जुटमिल्सको वेथिती : सुरक्षा पर्खाल नै टेण्डर मार्फत बिक्री गरेको खुलासा

विराटनगर, ९ जेठ ।
मुलुककै जेठो उद्योग बिराटनगर जुटमिल्स लिमिटेडको पुर्ब तर्फको पर्खाल र पर्खालसँग जोडिएको संरचना समेत यस अघिका संचालक समितिले बिक्री गरेको पाईएको छ ।तत्कालित संचालक समितिका अध्यक्ष निलहरी काफ्लेको पालामा पुर्ब तर्फको पर्खाल बिक्री भएको मिल्सका कर्मचारीले बताए ।
कार्यकारी अधिकार सम्पन्न अध्यक्ष काफ्लेले २०७२÷०७३ मा टेण्डर गरेर पर्खाल बिक्री गरेको मिल्सका प्रशासन प्रमुख तारानाथ तिम्सिनाले बताए । पर्खालको टेण्डर बिराटनगर २० का शम्भु साहले ४५ लाखमा स्वीकार गरेर भ्याट सहित ५० लाख ८५ हजार मिल्सको खातामा बुझाई सकिएको थियो ।

उनले भने, ‘तत्काल बिराटनगर उमहानगर पालिकाकाले रोडशेषचोक रानी सडक बिस्तार गर्न उक्त पर्खाल भत्काउनु पर्ने अबस्थामा संचालक समितिले टेण्डर गरेर बिक्री नै गरेको थियो ।’ उपमहानगरपालिकाले सडक बिस्तार गर्न टेण्डर प्रक्रिया लम्याईएपछि तत्काल पर्खाल भत्काउनु पर्ने अबस्था नदेखिएपछि ठेकेदार साह सँग गएर तत्काल पर्खाल नभत्काउने मौखिक सहमती गरेको तिम्सिनाले बताए ।
पर्खाल हुँदा पनि मिल्स भित्रबाट सामाग्रीहरु चोरी भईरहेको अबस्थामा भर्खाल भत्काएर नाङ्गो बनाएपछि झन मिल्सका सामानहरु चोरी हुने अबस्था आएपछि रोकिएको थियो । उनले भने, ‘ठेकेदारले पटक पटक पर्खाल लगायतका संरचना भत्काउन आउने गरेको तर आफुहरुले अहिलेसम्म रोकेर राखेका छौ ।’ ठेकेदारले पैसा तिरेको लामो समय भईसकेकाले समस्या भईरहेको उनले बताए ।
मिल्सको तत्काल पर्खाल लगाउन नसक्ने अबस्था रहेको र पर्खाल लगाउन ईट्टा आबस्यक हुन्छ उनले भने, पर्खाल भत्काएर बिक्री गर्न भन्दापनि त्यही ईटाबाट अर्को पर्खाल निर्माण गर्नु आबस्यक रहेको छ । निलहरी काफ्ले मिल्सको संचालक समिति अध्यक्ष भएपछि एक पटक मिल्सको रुख र अर्कौ पटक पर्खाल बिक्री गरेभने बाँकी मिल्सका बहुमुल्य पार्टपुर्जा कोटेशन प्रक्रिया पुरा गरेर मनोमानी ढंगले बिक्री गरेर खाएको मिल्सका कर्मचारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्