विराटनगर, ९ जेठ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट अदालतमा उपस्थित गराउने क्रममा ल्याईएका सुन तस्करीमा संलग्न प्रहरीहरुलाई बिना हत्कडी ल्याईएको थियो । अदालतमा म्यादथप देखि अदालतमा मुद्दा दायर हुँदासम्म पनि उनीहरुलाई हत्कडी लागेन । अदालतमा मुद्दा दायर भएको १९ दिन पछि मात्र थुनछेक बहस सकियो । त्यो बिचमा उनीहरु कुनै अभियुक्तमा भन्दा पनि प्रहरीकै बहालवाला जस्तै गरी खुल्लम खुल्ला कुनै अबरोध हिँडिरहेका र मोबाईलमा समेत कुरा गरिरहेका देखिन्थे । त्यो क्रम मंगलवार के होला भनेर प्रतिक्षा गर्दै गर्दा अदालतले आदेश ग¥यो, ‘सुन तस्करका अभियुुुक्त २ जना बाहेक सबैलाई जेल हाल्नु ।’
२ जनामा पनि एकजनालाई १५ हजार धरौटी मागिएको थियो भने एकजनाको हकमा साधारण तारेखमा छाडिएको हो । यी छाडिएका मध्य बिष्णुबहादुर खड्का र अम्मरबहादुर थापामगर दुबै प्रहरीका कर्मचारी हुन। खड्का प्रहरी जवान र थापा मगर प्रहरी हवल्दार, उनीहरु दुबैलाई शुरुका दिन देखि नै हत्कडी लगाएर अदालत पु¥याईएको थियो । उनीहरु छुटीसकेका छन् तर अदालतले दोषी भएको भन्दै कारागार चलान भएका अन्य प्रहरी कर्मचारीहरु भने जेल जाँदैगर्दा पनि हत्कडीमा देखिएनन् ।
काराकार चलान भएका २८ जना मध्य गोबिन्द निरौला, दिवेश लोहनी, विकासराज खनाल, सञ्जय बहादुर राउत, प्रजित केसीलाई हत्कडी लगाईएन अरु सबैलाई हत्कडी सहित एउटै प्रहरीको मिनी ट्रकमा हत्कडी सहित कोचियो ।
उनीहरुलाई अर्कै गाडीमा लगिएको थियो ।
कारागारमा क्षमता नभएपछि प्रहरीमै वास
मोरङ जिल्ला अदालतबाट मंगलवार पुर्पक्षका लागि पठाईएका २८ जना सुनकाण्डका बन्दीहरुलाई कारागारमा नअटाएपछि पुनः प्रहरी कार्यालयमा फर्काईएको छ । राख्ने ठाउँ नभएको जनाउँदै कारागारले राख्न नमानेपछि जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको थियो । कारागार प्रमुख शंकर प्रसाद पौडेलले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएपछि प्रहरीले फर्काएको थियो । २ सय ५० कैदी बन्दी क्षमताको कारागारमा मंगलवार २८ जना पुग्नु अघिसम्म ७ सय ५० जना कैदीबन्दी रहेको उनले बताए ।
प्रहरीका अनुसार, सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न प्रहरीका उच्च अधिकारी सहित सबै २८ जना बन्दीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । मंगलवार पक्राउ परेका सुनकाण्डका मुख्य अभियुक्त भनिएका गोरे भन्ने चुडामणी उप्रेती पनि जिल्ला प्रहरी कार्यालय मोरङ कै हिरासतमा रहेका छन् । यी दुबैलाई प्रहरी कार्यालयमा राखिनुले आशंका जन्माएको कतिपयको बुझाई छ ।
क्षेत्रीय कारागार पठाईने
जिल्ला कारागार मोरङमा अट्ने ठाउँ नभएपछि जिल्ला प्रहरी कार्यालयमा राखिएका २८ जनालाई आज अन्यत्र पठाउने तयारी भईरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मोरङ कारागारमा राख्ने ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार कार्यालय झुम्का लग्ने तयारी भईरहेको जानकारी दिए । हिजो साँझ भएकोले ब्यवस्थापनमा केही समस्या देखिएकोले आज उनीहरुको ब्यवस्थापन गरिने प्रजिअ आचार्यको भनाई छ । ‘मोरङ कारागारमा २सय ५० क्षमता रहेकोमा ४ गुणा बढी कैदी बन्दी रहेकोले त्यहाँ अटाउने ठाउँ छैन, आचार्यले भने, नजिकै भनेको झुम्का कारागार हो त्यहाँ १६ सय क्षमतामा १४ सय मात्र कैदीबन्दी रहेको भन्ने जानकारीमा आएको छ त्यहीँ पठाउने बारेमा छलफल हुँदैछ ।’
थोरै भएको भए समस्या हुने थिएन एउटै मुद्दाका धेरै भएको कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ।