इटहरीमा बस दुर्घटना , एक जनाको मृत्यु २२ जना बढी घाईते

इटहरीमा बस दुर्घटना , एक जनाको मृत्यु २२ जना बढी घाईते

ईटहरी , जेठ ९ । आज बिहान इटहरीको अाँपगाछीमा बस दुर्घटना भएको छ ।

उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस इटहरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन ।  ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ ।

घाईतेहरूलाइ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

यसरी भएको थियो दुर्घटना : 

उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस तीव्र गतीका कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर राजन कार्कीले बताए ।

पैदल यात्रु जोगाउने क्रममा बस दुर्घटना भएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । बस सडकमा पल्टाबाजी खाँदै किनारमा अडिएको एक प्रत्यक्षदर्शीले बताइन् । बस पल्टिएपछी एक यात्रुको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्