चीनले दुई सन्तान नीति हटाउने तयारी गर्दै

चीनले दुई सन्तान नीति हटाउने तयारी गर्दै

एजेन्सी । चीनले सीमित परिवार सङ्ख्याको नियम हटाउने तयारी गरिरहेको खबर बाहिरिएपछि बालबालिकाहरुको सामग्री उत्पादन गर्ने कम्पनीको शेयर अचानक वृद्धि भएको संचार एजेन्सी द गार्जियनले जनाएको छ ।

वास्तवमा चिनियाँ राष्ट्रिय परिषद्ले मंगलबार सीमित परिवार सङ्ख्याको कानून अन्त्य गराउनुको परिणामबारे अनुसन्धान गरिरहेको जानकारी बाहिर आएको थियो । यही समाचारपछि शिशुहरुको सामाग्री उत्पादन गर्ने प्रमुख कम्पनीहरुको शेयर मंगलबार १० प्रतिशतले वृद्धि भएको बताइएको हो । ४० वर्षसम्म एकल सन्तान नीति लागू गरेपछि सन् २०१५ मा मात्र चिनियाँ सरकारले त्यस नियमलाई बदल्दै दुइवटासम्म जन्माउन दिइने घोषणा गरेको थियो । यसैबीच विश्वको सबैभन्दा थोरै जन्मदर भएको मुलुकका रुपमा रहँदै आएको चीनमा गत वर्ष यसको दर अझ ४ प्रतिशतले घट्न पुगेपछि सरकार यो नीतिप्रति सचेत भएको बताइएको हो । त्यसैले अब २०१९ सम्ममा यो नीति पूर्ण रुपमा हटाइने सम्बन्धि निश्चित गरिने बताइएको छ ।

तरपनि लाखौँ महिलाहरुलाई गर्भपतन गराउन बाध्य बनाएको भन्दै १९७० देखि नै यो नीतिको विरोध हुँदै आएको छ । सरकारले भने देशको हितकै लागि जनसङ्ख्या नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गर्ने गरेको छ । तर पछिल्ला वर्षहरुमा चीनमा श्रमको अभाव बढ्दै गइरहेको छ भने अर्कोतर्फ पुरुषको जनसङ्ख्या महिला भन्दा तीन करोड बढी भइसकेको छ । त्यसैगरी एकल सन्तान नीति कै कारण चीनमा वृद्धहरुको सङ्ख्या बढ्दो छ र यसले उनीहरुको छोराछोरीप्रतिको निर्भरता पनि उत्तिकै बढाउँदै लगेको छ । तर चीनले यो नियम हटाएपनि जन्मदर बढाउन अझै पनि निकै कठिनाइ हुने विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्