विमान अब राती विराटनगर नै बस्ने, बुद्ध एयरको विहानी पहिलो उडान बिराटनगरबाट हुने

विमान  अब राती  विराटनगर नै बस्ने, बुद्ध एयरको विहानी पहिलो उडान बिराटनगरबाट हुने

सुमन सुस्केरा

विराटनगर, १० जेठ ।
वुद्ध एयरले बिराटनगरबाट विहानी पहिलो उडान भर्ने भएको छ । अघिल्लो दिन सँझ बिराटनगर आएर बसेको जहाज अब बिहान ७ बजे नै उडान भर्नेगरी तयारी थालेको हो । जुन १ तारिख देखि बिराटनगरबाट काठमाडौँको लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर बिराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिए । अघिल्लो दिन बेलुका ६ बजे काठमाडौँबाट उड्ने जहाज राती बिराटनगरमा बस्ने र त्यही जहाजले भोली पल्ट बिहानका यात्रुलाई ७ बजे उडाउने उनको भनाई छ । बिराटनगरको लागि यो पहिलो प्रयोग हो । मौसमको खराबी बाहेक बुद्ध एयरले जुन १ तारिख देखि नियमित बिहान ७ बजे उडान गर्न लागेको हो ।
त्यस्तै दोश्रो उडान ९ बजेर ४० मिनेटमा, तेश्रो उडान १२ बजेर १५ मिनेट जाँदा हुने छ । चौथो उडान १ बजेर १५ मिनेट र अन्तिम उडान ४ बजेर १० मिनेटमा हुने बुद्ध एयरले जनाएको छ। अहिले बिराटनगरबाट पहाडी जिल्लाहरुमा हप्तामा ३ पटक बुद्धले उडान भर्दै आएको छ । हप्तामा बिराटनगरबाट तुम्लिङटार हरेक हप्ताको ३ पटक आईतबार, बुधवार र शुक्रवार उडान हुन्छ ।
त्यस्तै अन्य जहाजहरुले भने बिराटनगरबाट दैनिक ३ पटक सम्म उडान गर्दै आएका छन् । यति एयरलाईन्सले दैनिक बिराटनगर – काठमाडौँ ३ पटक, सौर्यको २ , श्री एयरका ३ र नेपाल एयरलाईन्सको १ पटक उडान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्