बिराटनगरका हाटबजार : तस्बिरमा हाटखोलामा लाग्ने बुधहाट !!

बिराटनगरका हाटबजार : तस्बिरमा हाटखोलामा लाग्ने बुधहाट !!

हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। नेपाल, भारत, बांग्लादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्।

नेपालका पूर्वी जिल्लाहरूमा हाटबजारको व्यापकता रहेको पाइन्छ। नेपाल कै औद्योगिक शहर विराटनगरमा पनि प्रत्येक बारको अनुसार निश्चित स्थानमा हप्ताका बारहरुको नाममा यस्ता हाट लाग्ने गर्दछन्।

पूर्वीनेपालका आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे, विहीबारे, शुक्रबारे, शनिबारे, वा शनिश्चरे आदि बजारका ठाँऊका नामहरू साप्ताहिक हाटको नामबाट रहेका हुन् । हाटबजारले सानो लगानीमा राम्रो कमाइ हुने भएको हुनाले धेरैको रोजगारीको साधन बन्न पुगेको छ ।

हामीले आज बिराटनगरको हाटखोलामा लाग्ने बुधहाटको तस्बिर राखेका छौ ।

तस्बिर : शुसिल शाह 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्