प्रकोपको बेला तत्काल उद्दार र राहतको लागि विराटनगरमा प्रादेशिक गोदाम घर

प्रकोपको बेला तत्काल उद्दार र राहतको लागि विराटनगरमा प्रादेशिक गोदाम घर

विराटनगर, ११ जेठ ।
प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आबस्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश नम्बर १ सरकारले चालु आर्थिक बर्ष भित्रै प्रदेश गोदामघर संचालनमा ल्याउने तयारीमा जुटेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भरीका लागि आबस्यक परेको बेला उद्दार उपकरण र तत्कालै बितरण गर्न सकिने राहत सामाग्री सहितको प्रदेश स्तरको गोदाम घर संचालनमा ल्याउन लागेको हो । सरकारले खारेज गरी सकेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनलाई विपद ब्यवस्थापन प्रदेशिक गोदामघरको रुपमा प्रयोग गर्ने तयारी अनुसार कार्यालयको मर्मत सम्हार रंग रोगन सम्पन्न गरेर बोर्ड समेत राखिसकिएको छ ।

गोदाम घरको चालु आर्थिक बर्ष भित्रै औपचारिक उद्घाटन गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । गोदाम घर निर्माण सम्बन्धि कार्यबिधि प्रदेश सरकारको तफृबाट तयारी भईरहेको जनाईएको छ । मन्त्रालयको प्रशासन, योजना तथा विपद ब्यवस्थापन महाशाखा प्रमुख रबिन्द्र आचार्यले प्रदेश गोदामघरको संचालन र ब्यवस्थापनको लागि मन्त्रालय माताहतकै छुट्टै कार्यक्रम बनाईएको बताए ।

प्रदेश १ को १४ वटै जिल्लामा रहेको विपद ब्यवस्थापन समितिका फोकल पर्सनसँग बैठक बसेर जिल्लामा उपलब्ध उद्दार र राहतका सामाग्रीको वितरण माग गरिएको बताउँदै प्रदेश सरकारले गोदामघरमा अपुग हुने त्यस्ता सामाग्री तयारी अबस्थामा राखिने जानकारी दिनुभयो । आपत कालिन समयमा पनि टेलिफोन र ईन्टरनेट सेवा प्रदान गर्ने सरकारी तथा निजी सेवा कम्पनीसँग समेत छलफल गरिएको छ । बैठकमा सबै जिल्लालाई जोखिमको विवरण माग गरि सकिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्