शेष घलेको सम्पत्ति २३ करोड डलरले बढ्यो,अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा

शेष घलेको सम्पत्ति २३ करोड डलरले बढ्यो,अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा

काठमाडाैं । गैरआवासीय नेपालीहरूकाे संगठन एनअारएनका पूर्व अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङकाे सम्पत्ति एक वर्षमा २३ करोड डलरले बढेकाे छ । यससँगै उनी अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् ।

फाइनान्सियल रिभ्युले जनाएअनुसार शेष घले र उनकी पत्नी जमुनाकाे कुल सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकाे छ ।  गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो भने धनाढ्यकाे सूचीमा १०१ औं स्थानमा रहेका थिए । घले दम्पती यस वर्ष  भने २३ कराेड डलर सम्पत्ति वृद्धिसँगै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्दै अाइरहेकाे साप्ताहिक म्यागेजनि बिजनेस रिभ्यु विक्ली (बीअारडब्लू) ले बिहीबार सन् २०१८ का सबैभन्दा धनाढ्य २ सय व्यक्तिको सूची प्रकाशित गरेकाे हाे ।

अष्ट्रेलियामा टेक्नोलोजी सम्बन्धी कम्पनी ‘मेलवर्न इन्स्टिच्युट अफ  टेक्नोलोजी’ चलाइरहेका घले दम्पतिकाे विभिन्न देशमा शिक्षा, हाेटल, रियल स्टेटलगायत क्षेत्रमा ठूलाे लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्