एप्पलकाे फिचर सामसुङले चाेरेकाे द्दामा अन्ततः एप्पल विजयी

एप्पलकाे फिचर सामसुङले चाेरेकाे द्दामा अन्ततः एप्पल विजयी

एजेन्सी ः

माेबाइल उत्पादन कम्पनी एप्पलकाे फिचर अर्काे माेबाइल कम्पनी सामसुङले चाेरेकाे भन्ने मुद्दामा अन्ततः एप्पल विजयी भएको छ । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले अमेरिकी कम्पनी एप्पललार्इ अमेरिकी अदालतले ५३९ मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।

आइफोनको फिचर चोरी गरेको ठहर गर्दै अदालतले उक्त निर्णय गरेकाे हाे । विश्वका दुई ठूला स्मार्टफोन कम्पनीबिच लामो समयदेखि यस विषयमा मुद्दा चलेकाे थियाे । सन् २०११ मा एप्पले आफ्ना केही ओरिजिनल फिचर सामसुङले चोरी गरेको भन्दै मुद्दा दायर गरेको थियो । त्यसलगत्तै उसले सामसुङसँग हर्जाना माग गरेकाे थियाे ।

स्राेतका अनुसार प्रारम्भमा एप्पलले सामसुङसँग २.५० बिलियन डलर क्षतिपूर्ति माग गरेकाे थियाे । यसमध्ये १.०५ बिलियन अमेरिकी डलर सामसुङबाट उसले हर्जानास्वरूप पाइसकेकाे छ भने बाँकी रकमका लागि पुनः एप्पलले मुद्दा लड्दै अाएकाे थियाे ।

अदालतकाे फैसलालार्इ एप्पलले एक वक्तव्य जारी गरेर स्वागत गरेको छ । यो लडाईं पैसाका लागि नरहेको एप्पलले जनाएको छ । तर सामसुङले भने अदालतकाे उक्त निर्णयको विरोध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्