बिराटनगरका स्थानीयले सडक नबनेपछी आक्रोशित भएर आफै सडक बन्द गरे 

बिराटनगरका स्थानीयले सडक नबनेपछी आक्रोशित भएर आफै सडक बन्द गरे 

बिराटनगर जेठ ११ , बिराटनगर महानगरपालिकामा धेरै सडक वर्षा भएपछी हिड्न नसक्ने अवस्थामा पुगेका छन् । समयमा अनि गुणस्तरीय काम नहुनुले यस्तो अवस्था निम्त्याएको पाइएको छ । सडकको अवस्थालाई लिएर बिराटनगरका सर्वसाधारण पनि निक्कै दिक्क र आक्रोशित छन् ।

जनताले आक्रोशित भएर आफै बाटो बन्द गरे 

बिराटनगरको महेन्द्र चोकबाट जनपथ जाने बाटोमा ठुलो खाल्टो भएको घेरै दिन भईसकेको छ । नेपाल बजार छेउ कै व्यस्त सडकको अवस्था हिडीनसक्नु भएको छ । अझ वर्षा भएपछी जमेको पानी र हिलोले दर्जनौ सवारीसाधन त्यहाँ दुर्घटना भइसकेको स्थानीय बताउछन ।

संबन्धित निकायले ध्यान नदिएको भन्दै आज देखि स्थानीयले उक्त सडकमा बार लगाएर सडक नै बन्द गरिदिएका छन् । आफ्नो समस्याको समाधान नभएपछी सडक नै बन्द गरेर सांकेतिक बिरोधमा उत्रिएका छन् स्थानीय । 

यसरी नै बिराटनगरका सबै स्थानीय बिरोधमा उत्रने हो भने बिराटनगरका चोक र गल्लीमा धेरै सडक बन्द हुने अवस्थामा पुग्ने छन् । यस बिषयमा बिराटनगर महानगरपालिकाले यथाशीघ्र चासो दिनु जरुरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्