थाइराइड हुँदा यस्तो हुन्छ, यसरी मनाईयो विराटनगरमा थाईराईड दिवस

थाइराइड हुँदा यस्तो हुन्छ, यसरी मनाईयो विराटनगरमा थाईराईड दिवस

विराटनगर ११ जेठ । विश्व थाइराइड दिवस शुक्रबार विराटनगरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । विश्वभर थाइराइड ग्रन्थी सम्बन्धि रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले सन् २००८ देखि हरेक वर्ष मे २५ मा दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड दिवस मनाउने गरिन्छ । यता विराटनगरमा पनि विश्व थाईराईड दिवसको अबसरमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।लायन्स क्लव अफ मोरङ विराटनगरको आयोजना तथा आस्था डाईवेटिज थाईराईड एण्ड ईन्डुक्राईम क्लीनिक र कोशी हेल्थ ईन्सिच्युट विराटनगरको सहकार्यमा प्रभातफेरी गरिएको छ ।
अस्पताल चोक देखि निकालिएको ¥यालीले जल जलाचोक हुदै अतिथी सदनबाट मारवडी सदनमा पुगेर थाईराड सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको आस्था क्लीनिकका संचालक रविन रायले जानकारी दिए । कार्यक्रममा थाईराईको रोगबारे र यसबाट बच्ने उपाय बारे डाक्टर उत्तर मैनालीले सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा नर्सिङ क्याम्पस विराटनगर, कोशी हेल्थ ईन्सिच्युट ÷साईन्स क्याम्पसका विद्यार्थी तथा थाईराईडसँग सम्बन्धितका डाक्टरहरुको सहभागीता रहेको लायन्स क्लब अफ मोरङ विराटनगरका पुर्व अध्यक्ष बालकुष्ण शाहले जानकारी दिए ।
के हो थाईराइड
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्ने डाक्टरहरु बताउछन् । उनीहरुका अनुसार थाइराइड ग्रन्थीको काममा गडबडी भए अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन हुन्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ । हाइपर थाइरोइडिज्म् २ वर्ष औषधि सेवन गरे निको हुनसक्छ । हाइपो थाइरोडिज्म भए धेरैजसो बिरामीले जीवनभरी नै औषधि खानुपर्छ । यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिएको डाक्टरको भनाई छ ।
महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने थाइराइडमा लक्ष्यण हुन् । यस्तै कपाल झर्नु, एकदमै दुब्लाउनु, मुटुको धड्कन बढ्नु, शरीरको तापक्रम बढ्नु, भोक बढी लाग्नु तर दुब्लाउनु, दिसा बढी लाग्नु, मन आत्तिनु र मानसिक तनाव बढी हुनु पनि यसको लक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्