सुनकाण्डमा गोरे: ईजलाश भित्र बयान-बाहिर रनभुल्ल, गोरेले कुरा खोल्न थाल्यो

सुनकाण्डमा गोरे: ईजलाश भित्र बयान-बाहिर रनभुल्ल, गोरेले कुरा खोल्न थाल्यो

विराटनगर, ११ वैशाख ।
मोरङ जिल्ला अदालतमा जारी बयानको क्रममा सनम शाक्य हत्या र सुन तस्करी सम्बन्धि घटनाका मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती गोरेको बयान जारी छ । आज तिन दिन बितिसकेको छ गोरेको बयान शुरु भएको । तर भित्र गोरेले के के भन्यो भन्ने बिषय बाहिरसम्म आएको छैन । सबै तै चु्प मै चुपको अबस्थामा छन् ।
गेरेले यसै भन्यो भनेर कुनै जानकारी बाहिर नभएको भएपनि बाहिर बस्नेहरुले बिभिन्न अड्कलबाजी भने गरिरहेका छन् । गोरेले सनमको हत्या स्वीकार ग¥यो या गरेन ? सनमसँगको सम्बन्धमा सुन मात्र जोडिएको थियो या अन्य कु्नै बिषय पनि जोडिएका छन्? आखिर गोरे सहितका सबै मिलेको जस्तो देखिने घटना हुनुको पछाडीका कारण गोरेले कसरी ल्याउला ? यतिका धेरै ब्यक्ति परिचालन गर्नसक्ने गोरेले ईजलाश भित्र बयान दिँदा कसरी दिएको होला ? यी यावत प्रश्न बाहिर बस्नेका मनमा खेलिरहेका हुन्छन् ।
विभिन्न अड्कल
कर्मचारी देखि न्यायाधिश मात्र हैन प्रतिवादीका वकिललाई समेत गोरेको बयानसँगै आएका अथाह प्रश्नको जवाफले झस्क्याएको छ । उनीहरुको टाउको दुखाईको बिषय बनेको छ सुन काण्ड । फाँटवाला कर्मचारी बयान लिन भित्र पस्दा जसरी पसेका थिए उसै गरी बाहिर देखिन्छन् त्यसको अर्थ उनले पनि बाहिर पत्रकारलाई केही चुहाउलान् की भन्ने आशा कसैले पनि गर्दैनन् । गोरेको बयान जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको ६ नम्बर ईजलाशमा चलि रहँदा उनको बयान भने सोही फाँटका कर्मचारी चिरन्जीबी पोखरेलले लिँदै आएका छन् । तर उनलाई पनि बन्देज लयाईएको छ बयानमा भएका कुनैपनि कुरा बाहिर नलैजानु भनेर, उनीपनि यस बारेमा केहीपनि बोल्दैनन् । हुनपनि कानुनी जटिलता पनि त्यस्तै नै हुन्छ लिईएको बयान जुनबेला न्यायाधिशले प्रमाणिकरण गर्दैनन् त्यो बयानको बारेमा प्रतिवादीका वकिलले पनि कुनै प्रतिक्रिया दिन पाउँदैनन् । त्यस्तै अदालतमा बयान लिईरहेको बेलामा कहिले काँही भित्र बाहिर गर्ने मध्यका एकजना वकिल हुन यमबहादुर थापा मगर उनले गोरेको तर्फबाट प्रतिबादीको रुपमा बहस गर्नेछन् । उनलाई पनि यस बारेमा केही पनि थाहा नभएको सुनाए । उनी मात्र हैन यो घटनासँग नजिक रहेर नियालीरहेकाहरु कोही पनि बोल्न सकेका छैनन् । जिल्ला अदालत मोरङको ६ नम्बर ईजलाशमा गोरेले बयान दिईरहँदा बाहिर बस्नेहरुले बिभिन्न अड्कल गरी रहेका छन् ।
गोरेलाई दरिलो सुरक्षा
पहिलोदिन त यस्तो सुरक्षा ब्यवस्था गरियो कि जुन कल्पना गरेको भन्दै धेरै नै फरक थियो । यति की सुरक्षाको कारण देखाउँदै प्रहरीले गोरेलाई लिनको लागि प्रहरीको गाडी बिमानस्थलको धावन मार्गमा नै पु¥याएको थियो । तेश्रो दिनको बयान चल्दासम्म पनि सुरक्षामा कुनै कमी देखिएन । प्रहरीको बलियो सुरक्षाका बिच गोरेलाई अदालत ल्याउने र लग्ने काम भएको छ । जिल्ला अदालत मोरङका निमिति श्रेस्तेदार केदार प्रसाद गौतमले सुरक्षाको बिषयमा कुनै पनि गुनासो नगरेको बताए । उनले भने, ‘संबिधान भन्दा बाहिर गएर मानव अधिकारको निगरानीमा सुरक्षा दिने ब्यवस्था कहीँ कतै छैन । तर त्यसको ब्यवस्थापन मिलाउन न्यायाधिशबाट आदेश आएको हो ।’
आईतवार बहस
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याको मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)को बयान ३ दिनमा पनि अझै सकिएन । आजसम्ममा केही बाहेक बयान सकिएको भएपनि आईतवार २ घण्टामा बयान सकिने बताईएको छ । गोरे तर्फका वकिल यमबहादुर मगरले आईतवार १–२ घण्टाको बयान पछि बहस शुरु हुने बताए । बुधबार, बिहीबार र शुक्रबार तिनदिनमा गोरेले २७ पेजको बयान दिएका छन् । बुधबार ५ पेज, बिहीबार ११ पेज र शुक्रबार ११ पेजको बयान दिएका हुन । आज बिहान ११ बजे देखि बयान दिन शुरु गरेका गोरेले दिउँसो ४ बजेसम्म बयान दिएका थिए । आज शुक्रवार भएकोले पनि उनलाई ३ बजेसम्म मात्र बयान लिने कार्यक्रम भएपनि उनीसँगको प्रश्नको जवाफ आउने क्रम नरोकिएकोले उनीसँगको बयान एक घण्टा ढिलोसम्म लिईएको थियो ।
अधिवक्ता मगरका अनुसार बयान घटनाक्रमको अन्तिम अवस्थामा आइपुगेको छ । अब यातना दिएको भिडियोमा देखिएका मानिसहरुलार्ई चिनाउकाको लागि (भिडियो देखाउँदै) को हो भन्दै सोधी खोजीको अबस्थामा पुगिएको छ । त्यो क्रम आईतवार २ घण्टामा सकिने आँकलन गरिएको छ । सुन तस्करीको सुरुवात, तस्करीमा संलग्न व्यक्तिहरु, सनम शाक्य हत्या र हत्यामा संलग्न भनिएका अभियुक्तहरुको विषयमा गोरेले बताइसकेका छन् ।
गोेरेले कुरा खोल्न थाल्यो
एक नम्बर ईजलाशमा बयान दिने क्रममा शुरुका २ दिनसम्म नर्भस देखिएका गोरेले आजदेखि बयानमा खुलेर कुरा राख्न थालेको छन् । हिजोसम्म डरमा रहेको जस्तो देखिने गोरेले आज देखि खुलेर आफ्ना कुराहरु राख्न थालेका हुन् । शुरुका दिनमा बोल्न अड मान्ने, डराएको जस्तो गरेको गोरेका लागि बयान लिने ब्यक्तिले सहजीकरण गर्दै उनलाई आफ्नै परिवारको जस्तो मिठो बोलीले सोधिखोजी गर्न थालेपछि उसले आफ्ना कुरा स्पष्ट राखेको बताईन्छ । श्रोतका अनुसार, उसले आफ्नो बारेमा केही भन्न डराईरहेको जस्तो देखिएको उ आज देखि सबै मै जस्ता त हुने रहेछन् भनेको जस्तो अबस्थामा आएको र सबै सोधेका बिषयहरु भन्न थालेको जस्तो देखिन्थ्यो । शुरुका दिनमा गोरेले एउटा प्रश्न सोध्दा अलमलीने र अरु नै जवाफ दिने समस्याले गर्दा पनि केही बयान केही लम्बिएको जतो देखिए थियो । तर जिल्ला अदालतका निमित श्रेस्तेदार केदारप्रसाद गौतमले मुद्दाको प्रकृति नै अप्ठेरो खालको भएका कारण बयानको क्रम पनि केही लम्बिएको बताए । उनले भोलीसम्ममा बयान सकिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्