एक नम्बर प्रदेशको दोश्रो अधिबेशन आब्हान

एक नम्बर प्रदेशको दोश्रो अधिबेशन आब्हान

विराटनगर, ११ जेठ ।
प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाडले १ न.प्रदेश सभाको दोस्रो अधिवेशन आउदो जेठ १७ गते डाकेका छन । यो अधिवेशनको मुख्य उद्देश्य प्रदेशको बजेट सार्वजनिक र नीति तथा कार्यक्रमका बिषयमा छलफल हुने बताइएको छ ।
प्रदेश सरकारले असार १ गतेसम्म आर्थिक बर्ष २०७५÷०७६ को बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिस र नेपालको संविधानको धारा १८३ , उपधारा (१) अनुसार आउँदो जेठ १७ गते विहिवार दिउँसो ३ बजेलाई बैठक डाकिएको प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरगाईले बताए ।
अधिवेशन सुरु भएको एक साता भित्रै प्रमुखले प्रदेश सरकारको नीति तथा कार्यक्रमका बारेमा सम्वोधन गर्ने छन । सम्वोधन पश्चात प्रदेश सभामा छलफल चल्ने र लगत्तै बजेट सार्वजनिक हुनेछ । सामान्यता प्रदेशमा हिउदे र बर्खे अधिवेशन हुने छ । पहिलो ( हिउदे ) अधिवेशन वैशाख २५ गते सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्