विराटनगरमा विवरण लुकाई राजश्व छल्नेको खाता रोक्का, ५० करोड पुरानो बक्यौता कर असुली गर्न बाँकी

विराटनगरमा विवरण लुकाई राजश्व छल्नेको खाता रोक्का, ५० करोड पुरानो बक्यौता कर असुली गर्न बाँकी

विराटनगर, १२, जेठ ।
बिववरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय बिराटनगरले ३ दर्जन ब्यापारिक फर्मको बैक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाई राजश्व ठगीगर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरु समेतको बैंकखाता रोक्का गरेको हो । आन्तरिक राजश्व कार्यालयमा दर्ता भएपनि ब्यापारिक कारोवारको विवरण नबुझाई राजश्व ठगीगर्ने ब्यापारी फर्मको संख्या ८ हजार २ सय ५ रहेको छ ।
जसमध्ये पहिलो चरणमा ३ दर्जन बढी फर्मको बैंकखाता रोक्का गरिएको कार्यालयले जनाएको छ । आन्तरिक राजश्व कार्यालयका प्रमुख दिलिप गौतमका अनुसार ७ हजार २ सय करदाता मुल्य अभिबृद्धी कर भ्याट र ४० हजार भन्दा बढी आयकरमा दर्ता भएका छन् । ति मध्ये भ्याटमा दर्ता भएका २ हजार ५ सय र आयकरमा दर्ता भएका करिब ८ हजार करदाताले दर्ता भएदेखि अहिलेसम्म कारोवार विवरण नदेखाई राजश्व ठगिगर्दै आएका छन् ।
उनीहरुलाई विवरण बुझाई बक्यौता राजश्व तिर्न सुझाव दिँदा समेत अटेर गरिएपछि कार्वाही गरिएको गौतमले बताए । उनीहरु सबैलाई करको दायरामा ल्याउने र अटेर गर्नेको कारोवार बन्द गर्ने उनको भनाई छ । कार्यालयले त्यस्ता फर्मको नाम भने सार्बजनिक गरेको छैन । कारोवार विवरण नदेखाई राजश्व ठगी गर्नेमा ठुला ब्यापारी घरानाका फर्म पनि रहेको श्रोतको दाबी छ ।
उनीहरु सम्पर्कमा आएर बक्यौता राजश्व बुझाउन् र उनीहरुको साखपनि नगिरोस् भनेर फर्मको नाम सर्बजनिक नगरिएको हो , श्रोतले भन्यो । ५० लाख भन्दा बढीको कारोवार गर्ने जुन सुकै ब्यपारीक फर्म भ्याटमा दर्ता हुनुपर्ने प्राबधान छ । तर अधिकांश फर्म दर्ता नै नहुने र दर्ता भएपनि कारोवार विवरण नदेखाउने प्रबृती बढेको गौतमले बताए । आन्तरिक राजश्वले करिब ५० करोड पुरानो बक्यौता कर असुली गर्न बाँकी छ ।कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्