शनिबारीय विशेष, सौगात ७ वर्षमै कसरी बने फिल्म निर्देशक ? बाबुले खोले भित्री कुरा…

शनिबारीय विशेष, सौगात ७ वर्षमै कसरी बने फिल्म निर्देशक ? बाबुले खोले भित्री कुरा…

विराटनगर, १२ जेठ ।
गजित विष्ट आफैंमा नेपाली चलचित्र क्षेत्रका परिचित नाम हो । तर, पछिल्लो समयमा उनी आफ्नो ८ वर्षिय छोरा सौगातको नामबाट बढी चिनिन थालेका छन् । ७ वर्षको उमेरमा चलचित्र निर्देशन गरेर ख्याति कमाएका बालक हुन् सौगात । उनको नाम गिनिज बुकमा लेखिएको छ ।
सौगातले पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देशन गर्दा धेरैले पत्याएका थिएनन् । गजितले चर्चाका लागि छोराको नाम राखेर फिल्म बनाएको टिप्पणी धेरैले गर्थे । तर, गिनिज बुकले नै सौगातलाई फिल्म निर्देशक स्वीकार गरेपछि मान्न कर लाग्यो । त्यसो त जुन दिन आफ्नो फुच्चे छोराले फिल्म डाइरेक्सन गर्ने कुरा उनीसँग गरेको थियो, गजितले हाँसोमा उडाएका थिए । ‘धेरै दिनसम्म उसले मलाई कन्भिन्स गर्न खोज्यो, तर मैले उसको कुरालाई हावामा उडाइरहेँ,’ गजित भन्छन् ।
आमाबुवाको काखमा लुटुपुटु हुने उमेरमा सौगातलाई कसरी पस्यो फिल्म निर्देशनको चस्का ? र कसरी यसका लागि आफूलाई तयार पारे ?गजित भन्छन, ‘उ पढाईमा तेजिलो थियो । सानैदेखि जिज्ञासु स्वभावको थियो । हरेक कुरालाई गहिराईमा पुगेर विश्लेषण गर्न खोज्थ्यो । जब उसले पहिलोपटक जन्मभूमि फिल्ममा बालकलाकारको रुपमा अभिनय गर्यो, त्यतिबेला उसलाई लागेछ कि फिल्मको सबै हर्ताकर्ता त निर्देशक हुँदोरहेछ । त्यसैले उसलाई निर्देशक बन्ने चस्का पसेको रहेछ ।’
त्यसपछि उनले फिल्मबारे धेरै खोजिनिति गर्न थालेछन् । यसका लागि गुगल अत्यधिक प्रयोग गर्थे । उनले गुगलका माध्यमबाट फिल्मका धेरै सैद्धान्तिक पक्षहरुबारे जानकारी हासिल गरे । थुप्रै नेपाली र विदेशी भाषाका चलचित्रहरु पनि हेरे । र, एक दिन बुवासँग आएर भने, ‘ड्याडी, म फिल्म डाइरेक्सन गर्छु अब ।’
गजितले छोराको कुरालाई खासै ध्यान दिएनन् । तर, सौगात आफ्नो कुरामा एकदम गम्भिर देखिए । बुवासित फिल्मका बारेमा तर्कवितर्क गर्न थाले । यसले गजितलाई गम्भीर बनायो । त्यसपछि उनले इन्टरनेटमा खोजे । विश्वकै कान्छा फिल्म निर्देशकको रुपमा भारतका एक ९ वर्षिय बालकले नाम लेखाएका रहेछन् । सौगात दुई वर्ष कान्छा । गजितले सोचे, ‘एक चोटि ट्राई किन नगर्ने ?’
उनले केही निर्माताहरुसँग लगानीको निम्ति कुरा गरे । तर, सुरुमा कसैले पत्याएनन् । तर, सौगात आफैंले उनीहरुलाई भेटेर कन्भिन्स गरिछाडे ।
‘लभ यू बाबा’ को निर्देशन गर्दा गिनिज बुकका लागि भनेर दुई हजार जिबीको भिडियो रेकर्ड गरिएको थियो । फिल्ममा एउटा निर्देशकले सम्हाल्नुपर्ने पूर्ण जिम्मेवारी सौगातले लिएको गजित बताउँछन् । ‘उसको कमान्डिङ पावर देखेर कलाकारहरु चकित पर्थे,’ उनी भन्छन् ।
सौगातले निर्देशन गरेको दोस्रो चलचित्र ‘हैरान’ यतिबेला हलहरुमा चलिरहेको छ । यो चलचित्रमा उनले सरोज खनाल, बुद्धि तामाङ, सागर लम्साल जस्त कलाकारहरुलाई निर्देशन गरेका छन् । फिल्मको व्यापारिक रिपोर्ट त्यति सुखद नभए पनि हेर्ने दर्शकहरुले असाध्यै राम्रो प्रतिक्रिया दिइरहेको गजितले बताए ।
सौगात प्राय साउथ इन्डियन फिल्म हेर्न मन पराउँछन् । एक्सन र कमेडी उनको मन पर्ने विधा हो । लभस्टोरी फिल्ममा भने खासै रुची राख्दैनन् । आफ्नो उमेरका बालबालिकाहरुसँग बालसुलभ व्यवहार नै गरे पनि ठूला मान्छेसँग भने उनको प्रस्तुति ठूलै मान्छेको जस्तो हुने गर्छ । विभिन्न अनलाईनको सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्