ग्रामथान गाँउपालिका वडा नम्बर ४ बालविवाह मुक्त घोषणा, २० वटा बिहे रोकियो

ग्रामथान गाँउपालिका वडा नम्बर ४ बालविवाह मुक्त घोषणा, २० वटा बिहे रोकियो

प्रेम देवान
विराटनगर १२ जेठ । मोरङको ग्रामथान गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा बाल बिवाह मुक्त वडाहरु घोषणा हुन थालेका छन् । यस अघि नेपाल कै पहिलो बालमैत्री घोषणा भएको साबिकको तेतरिया ग्रामथानमा गाभिएपछि अब गाउँपालिकालाइई नै बालमैत्री बनाउने अभियन शुरु भएको हो । सो अभियान अन्तरगत मोतीपुरलाई बालबिवाह मुक्त घोषणा गरिएको हो । यो ग्रामथान गाउँपालिकाको वडा नम्बर चार हो ।
नेपाल कै पहिलो बालमैत्री घोषणा भएपछि धेरैको ध्यान केन्द्रित भएको साबिकको तेतरिया र हालको ग्रामथान गाउँपालिका वडा नम्बर ५ मा समस्या नभएपनि अन्य वडालाई बालमैत्री बनाउने अभियानको रुपमा बालबिवाह मुक्त घोषणा गरिएको हो ।
आज त्यही उदाहणीय योग्य कामलाई पुर्णता दिनको लागि वडा नम्बर ४ मोतीपुरलाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । ग्रामथान गाँउपालिका मोरङ वडा नम्बर ४ मोतीपुरले शनिबार एक कार्यक्रमको आयोजना गरी बाल मैत्रीको महत्वपुर्ण सुचक बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
बाल विवाह मुक्त वडा घोषणा गर्दै एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले गाउँपालिकालाई बालबिवाह घोषणा गरेर मात्र नहुने भन्दै बालबालिकाको शिक्षा र सरसफाई, स्वास्थ्य अबस्थाको बारेमा पनि ध्यान दिनु पर्ने बताए । उनले बालबालिकासँग जोडिएका हरेक बिषयहरु बालमैत्री अभियानको महत्वपुर्ण कडीकोरुपमा अघि सार्नु पर्नेमा जोड दिँदै अब वडाबाट शुरु भएको अभियानले चाँडै नै गाउँपालिकालाई पहिलो बालमैत्री गाउँपालिकाको रुपमा आफुलाई उभ्याउने आशा  गरे ।
प्लान ईन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण मञ्च ( फरेन) विराटनगरको आर्थिक सहयोगमा ग्रामथान गाँउपालिका वडा नम्बर ४ लाई वालविवाह मुक्त घोषणा गरिएको हो ।ग्रामथान गाँउपालीकाको वडा नम्बर ४ मा करिब २० जना भन्दा बढी किशोरीहरुको बालाविवाह एक बर्षको अबधिमा रोकिएको वडा अध्यक्ष वैजनाथ विस्वासले जानकारी दिए ।
उनका अनुसार, अघिल्ला वर्षहरुमा वार्षिक सरदर ९-१० जना किशोरीहरुको बाल विवाह हुने गरेकोमा त्यसलाई अन्त्य गरिएको छ । वडा नम्बर ४का १ हजार १ सय ७१ घरधुरीका बालबालिका र अभिभावक प्रत्यक्ष लाभान्वित भएको र ७ ुउ ५० जना भन्दा बढी विद्यालय स्तरमा अध्ययरत बालबालिका बालविबाह अन्त्य अभियानमा जुटेका अध्यक्ष विस्वासले बताए । वडालाई बाल विवाह रोक्न १२ वर्ष अगाडीदेखि अभियान चलाईँदै आएको थियो । साथै ग्रामथान गांउपालिका वडा नम्बर ४ ले आगामी २ वर्षभित्र बालमैत्री घोषणा गर्ने योजना रहेको छ ।कार्यक्रममा प्रदेश नम्बर एकका सभासद बिजय विश्वास, ग्रामथान गाँउपालीकाका अध्यक्ष शिवनारायाण माझी, जिल्ला समन्वय समितिका सदस्य पलिस विश्वास,ग्रामथान गाँउपालीकाकी उपाध्यक्ष फुलकुमारी चौधरी, गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरी लगयातले बाल विवाह मुक्त घोषणा भएको वडा प्रति प्रशसाा योग्य रहेको भन्दै शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्