विराटनगर –पोखरा हवाई उडान शुरु हुने, विमानस्थल विस्तारको मुआब्जा आसारदेखि बाँडिने

विराटनगर –पोखरा हवाई उडान शुरु हुने, विमानस्थल विस्तारको मुआब्जा आसारदेखि बाँडिने

विराटनगर, १३ जेठ । विराटनगर– पोखरा हवाई सेवा चाडै शुरु हुने भएको छ। विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्धारा विराटनगर विमानस्थलको भावि विकास तथा विस्तारका संभावना तथा चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा अन्तर प्रदेशीय सम्वन्धका लागि पहिलो चरणमा विराटनगरबाट पोखरा हवाई उडान शुरु हुन लागेको हो ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आगामी वर्षको वजेटमा विराटनगर र नेपालगंजलाई क्षेत्रीय विमानस्थलको विकास गरीने बताए । उनले भारतवाट हवाई रुट प्राप्त हुने बितिकै यस क्षेत्रवाट छिमेकी देशका शहरहरुमा ७२ सिटे विमानवाट सेवा संचालन गर्न दुुई विमान कम्पनी तयार रहेको समेत जानकारी दिए ।
उनले भारतीय पर्यटकलाई एक नम्बर प्रदेशको हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल वनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन गरी विराटनगरवाट नै हिमाली अवलोकन उडान आगामी केही दिन भित्रमा शुरु हुने आश्वासन दिए ।
मन्त्री अधिकारीले मुलुकको व्यापार घाटा कम गर्न तथा यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत हेलेसी, पाथिभरा लगायतका अन्य धार्मिक क्षेत्रमा दर्शन गराउन कार्यमा आफनो सहयोग हुने वताए । उनले भने, तेश्रो देश तथा छिमेकी पाहुनाको सहज , सरल र सुविधा युक्त वसोवासका लागि विराटनगरमा ६÷७ वटा पाँच तारे होटल खोल्नु पर्छ ।
उनले विराटनगर भन्सार क्षेत्रमा भवनको व्यवस्था भएमा यस क्षेत्रमा अस्थायी रुपमा अध्यागमन कार्यालय खोल्न सकिने वताए ।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर विमानस्थललाई २० वर्षे सोचका साथ विस्तार गर्नु पर्नेमा जोड दिदै यहाँवाट हिमाली उडान भएमा भारतको विहार, पश्चिम वंगाल र उत्तरप्रदेश लगायतका क्षेत्रवाट अत्याधिक भारतीय पर्यटक आउने धारणा व्यक्त गरे ।

संघीय सांसद भानुभक्त ढकालले यस क्षेत्रको धार्मिक पर्यटक क्षेत्रलाई पर्यटक मैत्री वनाउनुका साथै यहाँवाट प्रदेशका सवै क्षेत्रमा उडान हुनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम परालुलीले विराटनगर विमानस्थलको रनवे विस्तारमा सहयोग रहने वताउदै विराटनगरवाट लुक्ला हवाई सेवा संचालन गर्नुपर्ने वताए ,

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विमानस्थल आवतजावतका लागि चाँडै नै नगरवस संचालन गरिने वताउदै अधिकरण गरिएको जग्गाको काम ९९ प्रतिशत सम्पन्न भएको वताए । अन्तरक्रिया कार्यक्रममा पूर्व सांसद ऋषिकेशी पोखरेल,उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय लगायतले विराटनगर विमानस्थल विस्तार गरी यहाँवाट सवै प्रदेशका साथै भारतीय यात्रुलाई आकर्षित हेलिकप्टर लगायत हिमाली उडान गर्नु पर्नेमा जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले विराटनगर विमानस्थलवाट विहान ६ वजेदेखि वेलुकी १० वजेसम्म हवाई उडानको सुविधा उपलव्ध भएको बताए । विराटनगर विमानस्थलको विस्तार र सुरक्षाका लागि विमानस्थल पूर्व अधिकरण गरिएको साडे चार विघा जग्गाको मुआव्जा वापतको ६८ करोड रकम आगामी असार १ गतेदेखि वितरण गरिने सोही अवसरमा जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्