पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन

पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन

वासिंटन, जेठ १३ । पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन भएको छ ।

उनको उपचारकै क्रममा अमेरिकाको हस्टनमा निधन भएको हो ।

उनी दुई सातादेखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । चन्द्रमामा पाइला टेक्ने उनी चौथो अन्तरिक्ष यात्री हुन् । अमेरिकी सेनाका पूर्व विमानचालक रहेका उनलाई सन् १९६३ मा अमेरिकी अन्तरिक्ष नियोग नासाले प्रशिक्षार्थीको रुपमा अन्तरिक्ष पठाउने निर्णय गरेको थियो ।

उनी दुई पटक अन्तरिक्षमा पुगेका थिए । उनी सन् १९६९ को नोभेम्बरमा पहिलो पटक र सन् १९७३ मा दोस्रो पटक अन्तरिक्षमा पुगेका थिए ।

उनले सन् १९८१ मा नासाबाट अवकाश भएका थिए । त्यसपछि उनी चित्रकार बनेका थिए । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्