जेसीबी चालकलाई कुट्ने विराटनगरको एभरेष्ट होटलका संचालक प्रहरी नियन्त्रणमा

जेसीबी चालकलाई कुट्ने विराटनगरको एभरेष्ट होटलका संचालक प्रहरी नियन्त्रणमा

विराटनगर, १३ जेठ ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ मा काम गरिरहेका जेसीवीका चालकलाई होटल संचालकले कुटपिट गरेका छन् । महानगरपालिकाको एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतको आशिष निर्माण सेवा कम्पनीका जेसीबी चालकलाई आफ्नो होटल अगाडी बाटो भत्काएको भन्दै एभरेष्ट होटलका संचालक अर्जुन साहले रड प्रहार गरेको स्थानीयले बताएका छन् । काम गरिरहेको बेलामा एक्कासी आएर २ झापड हानेर रड प्रहार गर्न खोज्दा आफु भागेर बाँचेको जेसीबीका चालक मोहम्मद जुबेरले बताए । होटल संचालक अर्जुन साहले यस अघि पनि पटक पटक होटल अगाडीको काम रोक्दै आएका थिए । उनलाई दिएको समय सिमा भन्दा नाघि पछि आजदेखि त्यस होटल अगाडी काम गर्नको लागि मजदुर परिचालन गरिएको आशिष निर्माण कम्पनीले जनाएको छ । कामदारमाथि भएको आक्रमण लगत्तै एभरेष्ट होटेलका संचालक साहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई छलफलको लागि भन्दै वडा प्रहरी कार्यालय लगिएको छ । उनलाई पक्राउ गरेको समयमा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष समेत होटलमा पुगेका थिए ।
मजदुरमाथि भएको हातपातको बिरोधमा आशिष निर्माण कम्पनीले त्यो क्षेत्रको काम रोको छ । घटना भएको स्थान जिल्ला शिक्षा कार्यालय नजिकै हो । तर होटल संचालक साहले भने आफुलाई ब्लड प्रेसरको कारण त्यस्तो घटना हुन पुगेको बताएका छन् । उनले रड हानेको बिषय स्वीकार नगरेको भएपनि २ थप्पड हानेको भने स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्