गोरेको बयान ‘सुन तस्करीमा प्रहरी उच्च अधिकारी देखि राजनीति दलसम्म’

गोरेको बयान ‘सुन तस्करीमा प्रहरी उच्च अधिकारी देखि राजनीति दलसम्म’

विराटनगर, १३ जेठ
नेपालकै सर्बाधिक चर्चाको बिषय बनेको साढे ३३ किलो सुनकाण्ड यतिबेला आएर सिथिल भएको छ । गोरेले दिएको बयान पछि के के न आउला भनेका गोरे आफु पुर्पक्षको लागि जेल त गए नै अरुलाई समेत सुरक्षित बनाएर जेल चलान भएका छन् । गोरेले गत बुधवार देखि जिल्ला अदालत मोरङमा बयान दिँदै आएकोमा आज ४ दिन पछिको वयान सकिएको छ । चार दिनसम्म जिल्ला अदालतमा गोरेको बयानको बारेमा जानकारी लिनको लागि गोरेले के न बयान दियो भनेर उत्सुक भएर बसेकाहरुलाइृ अन्तीममा सार्बनिक भएको बयानलले सुन काण्डको बिषय गोरेको बयान पछि अब कता मोडिने हो भन्ने अन्यौलमा देखिएको छ।
गोरे भन्दा माथि कसको सेटिङ थियो भन्ने बारेमा बयान दिएलान् भनेर पर्खिएकाहरु गोरेको बयान सार्बजनिक भएपछि गोरेको पक्राउ सेटिङमा भएको र सिकाएर ल्याईएकोसम्म भन्न थालेका छन् । तर जिल्ला अदालत मोरङले भने गोरेलाई आज पुर्पक्षको लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधिश नरायणप्रसाद शर्माको ईजलाशले गोरेलाई पुर्पका लागि जेल चलान गरेको हो । तर पक्राउ प्रहरी अधिकृतलाई गोरेले बचाएको छ । डिआईजी गोबिन्द निरौलाले सुन तस्करीसँग सम्बन्धित धन्दा नगर्न भनी सम्झाएको उनले बयानमा भनेका छन् । त्यस्तै डिएसपी प्रजित केसीको बारेमा भने गरेले सनम शाक्यको शब लुकाउन पवैसाको समेत चलखेल भएको पाईएको छ । गोरेले सनम शाक्यको हत्यापछि डीएसपी प्रजित केसीले रकमको डिल गरेको बताएका छन् । बयानमा उनले बालकृष्ण सन्जेललाई आफूले मामा भन्ने गरेको र उनीसँग बेला बेला सम्पर्क भइरहने बताएका छन् ।
निज (बालकृष्ण सन्जेल)को घर पूर्व नै भएकाले म मामा भन्थेँ । हामीबीच कहिलेकाँही फोन सम्पर्क भइरहन्थ्यो । निजले काठमाडौं गोठाटारमा घर बनाउँदै गर्दा मसँग ३५ लाख मागेका थिए । सो रकम मैले दिएँ । पछि २५ लाखजति फिर्ता गरिसकेका छन् । अब १० लाख लिन बाँकी रहेको गोरेले बताएका छन् ।
गोरेले आफु सामान्य ब्यक्ति भएको बयानमा बताएका छन् । उनले आफु भन्दा माथि नृता देखि प्रहरीका ठुला मान्छे समेतको संलग्नता रहेको बयान दिएका छन् । उनले बयानमा भनेकाछन्, सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठुला मानिसको मिलेमतोमा हुनेगर्छ । को को संलग्न छन् एकिन भन्न सक्दिन ।
ठुला तस्कर राजनीतिक दल र प्रहरीका उच्च अधिकारी
उनले दिएको बयानलाई हेर्ने हो भने तस्करीबाट आएको सुन सबै ईण्डिया जन्छ । म सुन तस्करीमा सहयोग गर्ने तल्लो लेवलको मानिस भएकाले लेखिए बमोजिमको बिगो कायम हुने हैन ।मभन्दा माथिल्लो तहका सुन तस्करीका नाईके प्रहरीका उच्च अधिकारी, तथा राजनीतिक दलका ठुला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने गेरेले बयान दिएका छन ।
तर गोरेले सनम शाक्यको हत्याको बारेमा भने अपहरण कसैंले नगरेको र हत्या कसैले पनि नगरेको बताएका छन्। उनले शनम शाक्यको हत्या भबितब्यबाट भएको भएको उनको बयानमा उल्लेख गरिएको छ । बयासनमा सन २०१५ देखि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैया ९० पैसा बरावरको बिगो माग सहित पेश भएको मुद्दामा गोरेले त्यति धेरै बिगोको सुनको कारोवार भएका भए आफ्नै आर्थिक हैसियत अर्कै हुने बयानमा भनेका छन् ।
अदालतमा दिएको बयानमा उनले भनेका छन् एयरपोर्टमा आउने सुन बाहिर ल्याउने एयरपोर्ट भित्रका प्रहरी एयरपोर्ट बाहिरका प्रहरी सबैको सहयोग चाहिन्छ । मेरा काका पर्ने डीआईजी गोविन्द निरौला एयरपोर्टको चिफ भएर गएपछि मैले लाइन मिलाइदिनुपर्यो भन्दा मलाई उल्टै गाली गरि धन्दा छाड्न भने । सो पछि छिरिङले एयरपोर्ट बाहिरको डीआईजीमार्फत भित्रका एसएसपी श्याम खत्रीसँग लाइन मिलाए । निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे ।
रकम वितरणको सम्पूर्ण फेहरिस्त मृतक सनम शाक्यले राख्थे । रजिष्टरमा उल्लेखित डीआइजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को को हुन् एकिन भन्न सक्दिन, उनले भनेका छन् । एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो । एसएसपी श्याम खत्रीले रकम बुझेर लाने गरेको मलाई थाहा छ । अन्य कुरा थाहा छैन । प्रहरीको माथिल्लो दर्जामा प्रतिवादी छिरिङले लाइन मिलाउने भएकाले धेरै कुरा निजलाई थाहा छ । रजिष्टरमा लेखिएको अक्षरहरु मृतक सनम शाक्यले लेखेको हो । सुन कारोबारेका एकिन विवरण राख्न रजिष्टर खडा गरिएको हो । उनले सुन प्रकरणको सबै हिसाव सनम शाक्यले नै राख्ने गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्