गरिखानेका कुरा २ : लिचीको ब्यापारले घर खर्च चल्छ

गरिखानेका कुरा २ : लिचीको ब्यापारले घर खर्च चल्छ

सुनीता अर्याल
विराटनगर, १३ जेठ । तेतरियाको भौसावारीकी आही सरदार हरेक दिन ढाकीमा बिभिन्न फलफुल बोकेर बिराटनगरको बजारसम्म आउँछिन् । उमेरले ६५ बर्ष काटी सकेकी सरदारको एउटा छोरा घरमा खेतीपाती गरेर घर परिवार चलाउँदै आएका छन् भने आहीको दैनिकी भने यसैगरी कहिले लिची, कहिले कटहर तथा कहिले केरा बोकेर ल्याउने, अनी बिराटनगरको गुद्री बजारमा बेचेर बित्छ । केराको बढी कारोवार गर्ने आहीको दिनचार्य भने आजकालको मौसमी फलफुलमा केन्द्रीत छ । उनी आजकाल बिराटनगरको गुद्री बजारमा दैनिक जस्तो लिची ल्याएर बेच्दै गरेको भेटिन्छिन् ।
विराटनको मुटुमा रहेको गुद्री बजारमा उनीजस्ता धेरैको भेटघाट हुन्छ सबैको एउटै ध्यान छ, आफुले बेच्न ल्याएको सामाग्रीको थोरै भएपनि बजारमुल्य आओस् ।
टाढाबाट आएकीले पनि होला उनी अलि थकित पनि देखिन्थिन् । असिन र पसिनका बिच आफुले ल्याएको लिचिको भारी भुईमा राखिन र दायाँ बायाँ हेरिन उनी जस्ता धेरै थिए त्यहाँ । उनलाई उनी जस्तै अरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने थियो । उनले यसरी ब्यापार गर्न थालेको धेरै बर्ष बितिसकेको छ । कहिले ब्यक्तिका घर त कहिले हाट बजारमा उनको दैनिक बित्ने गरेको आहीले सुनाईन् । उमेरले निक्कै पाको भएकी उनमा आँट र जाँगरमा भने अलिकती पनि कमी देखिएन । 
उनी भन्छिन्, छोरा खेतमा हलो जोत्छ, कमाउँछ र म यसैगरी दुईचार पैसाको जोहो गर्छु ।’ उनी आफ्ना थप कुरा बुझाउँदै भन्छिन्, हामी आमा छोरा मिलेर यसैगरी काम गर्छौ अनी धेर थोर पौसा कमाएर जीविका चलाएका छौ । आहीका अनुसार, परिवारको पालन पोषण गर्नु अनी स–साना नाती नतिनीलाई कक्षा १२ सम्म पढाउने काम गर्दै आएका छौ । घरमा राम्रै छ, मेहनत गर्दा खान पुगेको उनको अनुभव छ ।
अहिले पनि कमाएर खानको लागि धेरैले लाज मान्छन् तर गरि नखाने हो भने चाँडै बुढो भएको जस्तो लाग्ने उनको अनुभवले भन्छ । मान्छे पैसा कमाउनको लागि विदेश जानुपर्छ भन्छन् तर हामी त आफ्नै देशको श्रम र पसिनाको कमाईबाट नै खुसी छौ, उनले भनिन् ।
विदेशमा गएर गरिने ठुलो लगानी भन्दा पनि आफ्नै देशको सानै लगानीबाट पनि मेहनत गर्ने हो भने एउटा परिवार चलाउन गाह्रो नहुने यी ६५ बर्षिय आहीको कुराले अरुलाई पनि पाठ सिकाएको छ । यी ६५ बर्षिय बृद्धाको जीवनको भोगाई र अहिलेको एथार्थतालाई मनन् पो गर्ने होकी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्